आर्थिक गणना कार्यालय स्थापना
नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ शान्तिचौरस्थित साविकको करदाता सेवा कार्यालयमा जिल्ला आर्थिक गणना कार्यायलको स्थापना गरिएको छ ।
जिल्ला आर्थिक गणना समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको नेतृत्वमा बसेको बैठकले कार्यालय स्थापना गरी काम अगाडि बढाइएको जिल्ला आर्थिक गणना कार्यालय नवलपरासीका अधिकारी यज्ञमूर्ति भण्डारीले बताए । चैत महिनाभरि गणनाका लागि आन्तरिक तयारी पूरा गरिने उनले बताए । यसका लागि सात सुपरिवेक्षक र ४८ गणक खटिएका छन् ।
‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ नाराका साथ जिल्लाभरि दर्ता भएका र नभएका उद्योग प्रतिष्ठान तथा सानादेखि ठुला व्यवसायीकहाँ पुगेर गणना गरिने छ । गणनाका लागि गणकलाई दुई फारम दिइने गणना अधिकारी भण्डारीले बताए । जसमा पहिलो सूचीकरण फारम हुन्छ भने अर्को मुख्य प्रश्नावली फारम हुन्छ ।
कर्मचारी छनोट प्रक्रिया पूरा भएपछि गणनाका लागि खटाइने कर्मचारीलाई प्रशिक्षण दिएपछि वैशाख २ गतेदेखि असार ७ गतेसम्म कार्य क्षेत्रमा पठाइने उहाँले बताउनुभयो । अभियान सफल पार्न सरोकारवालासँग जिल्लास्तरीय अन्तरक्रिया र स्थानीय तहसँग सचेतना गोष्ठीलगायत कार्यक्रम गरिने गणना अधिकारी भण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण