यूएईस्थित अस्ट्रेलियाली सैन्य अखडामा इरानी क्षेप्यास्त्र प्रहार
सारांश
- इरान र इजरायलबीचको द्वन्द्वका कारण यूएईस्थित अस्ट्रेलियाली सैन्य अखडामा इरानी क्षेप्यास्त्र खस्यो।
- अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले घटनामा कुनै पनि अस्ट्रेलियाली सैन्य कर्मचारी घाइते नभएको जानकारी दिए।
- क्षेप्यास्त्र सैन्य अखडा जाने सडकमा खसेको र नजिकैको आवास गृहमा सामान्य क्षति पुगेको बताइएको छ।
दुबई । इरान र इजरायलबिचको द्वन्द्व चर्किएसँगै संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेको अस्ट्रेलियाली सैन्य अखडामा इरानी क्षेप्यास्त्र खसेको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आज बिहान यूएईको अल मिन्हादस्थित अस्ट्रेलियाली सैन्य आधार शिविरमा इरानी क्षेप्यास्त्र प्रहार भएको आधिकारिक पुष्टि गरेका छन्।
इरानले इजरायललाई लक्षित गरी चलाएको सैन्य कारबाहीका क्रममा उक्त क्षेप्यास्त्र यूएईको यो संवेदनशील क्षेत्रमा खस्न पुगेको हो। प्रधानमन्त्री अल्बानिजले घटनामा कुनै पनि अस्ट्रेलियाली सैन्य कर्मचारी घाइते नभएको र सबै सुरक्षित रहेको स्पष्ट पारेका छन्।
क्षेप्यास्त्र सैन्य अखडा जाने सडकमा खसेका कारण त्यहाँ सानो आगलागी भएको र त्यसबाट नजिकैको आवास गृह तथा उपचार केन्द्रमा सामान्य क्षति पुगेको उनले बताए। इरानले आफ्ना सुरक्षा प्रमुख अली लारीजानीको हत्याको बदला लिन इजरायलमाथि क्षेप्यास्त्र प्रहार गरेको दाबी गरिरहँदा छिमेकी देशमा रहेको विदेशी सैन्य अखडामा समेत यसको असर देखिनुले क्षेत्रीय सुरक्षामा नयाँ चुनौती थपेको छ।
यो घटनापछि पश्चिम एसियामा रहेका अन्य विदेशी सैन्य आधार शिविरहरूमा पनि सतर्कता बढाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण