शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

५ वर्षमा ५० लाख पर्यटक भित्र्याउने गुरुयोजना बनाउन सुझाव

बिहीबार, ०५ चैत २०८२, १२ : ०६
बिहीबार, ०५ चैत २०८२

सारांश

  • हानका अध्यक्ष विनायक शाहले पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको आधार बनाउनुपर्ने बताए।
  • उनले आगामी ५ वर्षमा ५० लाख पर्यटक भित्र्याउने लक्ष्यसहितको योजना बनाउन सरकारलाई सुझाव दिए।
  • अध्यक्ष शाहले निजी क्षेत्रसँगको सहकार्य र प्रवद्र्धनमा जोड दिँदै स्पष्ट नीतिको आवश्यकता औंल्याए।

काठमाडौँ । होटल एशोसिएशन नेपाल (हान) का अध्यक्ष विनायक शाहले मुलुकको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रलाई मुख्य आधार बनाउनुपर्नेमा जोड दिएका छन् । 

पर्यटन क्षेत्रले देशको आर्थिक गतिविधिमा ठूलो योगदान दिन सक्ने भएपनि अहिले स्पष्ट मार्गचित्र नभएको उनले बताए । अध्यक्ष शाहले आगामी ५ वर्षका लागि बन्न लागेको सरकारले एउटा ठोस योजना ल्याउनुपर्ने र सोही आधारमा निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताए । 

 शाहले आगामी ५ वर्षभित्र ५० लाख पर्यटक भित्र्याउने लक्ष्यसहितको योजना बनाउन सरकारलाई सुझाव दिए । उक्त लक्ष्य प्राप्तिका लागि आवश्यक नीति, ऐन र पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उनको भनाइ छ । 

पर्यटक आकर्षणका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको शाहले बताए । उनका अनुसार निजी क्षेत्र अहिले पनि प्रवद्र्धनका कार्यमा सक्रिय रहेको छ । सरकारले निजी क्षेत्रको भुमिका र कार्यका बारेमा स्पष्ट नीति ल्याएमा निजी क्षेत्र थप ऊर्जाका साथ काम गर्न तयार रहेको उनको भनाइ छ । दुई तिहाइ बहुमत नजिकको सरकार बन्न लागेकोमा पर्यटन क्षेत्र उत्साहित रहेको समेत उनको भनाइ छ । —न्युज एजेन्सी नेपाल 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप