बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

संवादको प्रतिफलस्वरुप निर्वाचन सम्पन्न भयो : रामप्रसाद भण्डारी

बिहीबार, ०५ चैत २०८२, १२ : ३४
बिहीबार, ०५ चैत २०८२

सारांश

  • कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जेनेजी आन्दोलनपछि संवादले निर्वाचन सम्पन्न भएको बताए।
  • उनले सबैको सहयोगमा निर्धारित समयमा चुनाव सम्पन्न भएको भन्दै सबैलाई धन्यवाद दिए।
  • भण्डारीले नवनिर्वाचित सांसदहरूले विधान बनाउने र मुलुक चलाउने नीति बनाउनुपर्ने बताए।

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जेनजी आन्दोलनपछि सबै पक्षसँग छलफल र सकारात्मक संवादका कारण फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको बताएका छन् ।

बिहीबार समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित ११० जना सांसदहरूलाई प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले यस्तो बताएका हुन् ।

उनले अन्योलको वातावरणलाई चिर्दै तथा विभिन्न अप्ठ्यारालाई पार लगाउँदै सबैको सहयोगमा निर्धारित समयमा चुनाव सम्पन्न भएको भन्दै सबैको सहयोगका लागि धन्यावाद दिए । 

‘यो आवधिक निर्वाचन नभएर भदौ २३ र २४ को विद्रोहपछि संविधानको संरक्षणका लागि राष्ट्रपतिले घोषणा गरेको निर्वाचन थियो’, भण्डारीले भने, ‘कटुता र निषेधको आशंकाकै बिच आयोगले निर्वाचन कार्यतालिका बनायो र निर्वाचनको विकल्प पनि थिएन ।’

उनले यो निष्ठामा आयोगले सबै पक्षलाई बोलाएर छलफल र संवाद गरेको भन्दै त्यसको परिणाम सांसदहरूले पाएको प्रमाणपत्रलाई लिनुपर्ने बताए । नवनिर्वाचित सांसदहरूलाई बधाई दिँदै उनले नवनिर्वाचित सांसदहरूले अब विधान बनाउने र मुलुक चलाउने नीति बनाउनुहुने अपेक्षा समेत गरे । ‘जसले भड्किएको मनस्थितिलाई लयमा ल्याउन सहयोग हुनेछ’, भण्डारीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप