नयाँ गीत ‘जिन्दगी के छ र’ मा बले र बिन्दुको रोमान्स
सारांश
- गायिका बिन्दु पौडेल र शिव हमालको स्वरमा नयाँ गीत 'जिन्दगी के छ र' सार्वजनिक भएको छ।
- गीतको शब्द र सङ्गीत शिव हमालले तयार पारेका हुन् भने भिडियोमा सागर लम्साल 'बले' र बिन्दुको अभिनय रहेको छ।
- प्रकाश भट्टको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा प्रेम, बिछोड र जीवनका भोगाइहरूलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ।
काठमाडौँ । गायिका बिन्दु पौडेलले नयाँ गीत ‘जिन्दगी के छ र’ बजारमा ल्याएकी छिन् । गीतमा उनलाई शिव हमालले स्वरमा साथ दिएका छन् । गीतको शब्द तथा सङ्गीत पनि हमालले नै तयार पारेका हुन् ।
गीतमा सुनिल परियारको सङ्गीत संयोजन रहेको छ । लामो समयदेखि अस्ट्रेलियालाई कर्मथलो बनाउँदै आएकी बिन्दुले बेला बेलामा नेपाली गीत सङ्गीत ल्याउने गर्दछिन् ।
गीतको भिडियोमा कलाकार सागर लम्साल ‘बले’ र गायिका बिन्दुको मुख्य अभिनय छ । इनाक्षी इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार पारिएको यस गीतको भिडियोमा प्रकाश भट्टको निर्देशन र कोरियोग्राफी रहेको छ ।
भिडियोमा प्रेम, बिछोड र जीवनका भोगाइहरूलाई कलात्मक ढङ्गले देखाइएको छ । भिडियोको सुरुवातमा एयरपोर्टबाट फर्किएका पात्रहरू र गाउँको परिवेशलाई देखाइएको छ, जहाँ माया प्रेमका कुरा र जीवनको क्षणभंगुरतालाई गीतको भावमार्फत व्यक्त गरिएको छ ।
करण चैसिरको छायाङ्कन रहेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । भिडियोमा सागर र बिन्दुसँगै ठुलो सङ्ख्यामा कोरस नर्तकहरूको पनि प्रयोग गरिएको छ, जसले भिडियोलाई थप भव्य बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण