सिंगामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन
सारांश
- बेनी नगरपालिकामा आमा समूहसँग उपमेयर कार्यक्रम सञ्चालन भयो।
- महिलालाई आत्मनिर्भर बनाउन सीप र प्रविधि सहयोग गरियो।
- उपमेयरले महिला सशक्तीकरणका लागि कार्यक्रमको महत्त्व बताइन्।
म्याग्दी । महिलालाई आयआर्जनमुलक व्यवसायमा आबद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक हिंसा न्यूनीकरण गर्ने उद्देश्यले बेनी नगरपालिका–४ सिंगामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन भएको छ ।
समुदायस्तरमा महिला सशक्तीकरण र सामाजिक कामको अगुवाइ गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोतसाधन र सम्भावना भएको उद्यम व्यवसाय गरी आयआर्जनका काममा संलग्न गराउन कार्यक्रममार्फत सीप र प्रविधि सहयोग गरिएको हो ।
बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले आमा समूहलाई परिचालन गरेर महिलालाई आर्थिक रूपमा सक्षम, आत्मनिर्भर, स्वावलम्बी र सामाजिक रूपमा सशक्तीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको बताइन् ।
“महिला आर्थिक रूपमा सक्षम भए भने हिंसा न्यूनीकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भई समाजमा अगाडि आउन सक्ने वातावरण बनाउने प्रयास गरेका हौं,” उनले भनिन् “आर्थिक वर्ष २०७९/०८० देखि सुरु भएको चालु आर्थिक वर्षमा रु। २० लाख बजेट विनियोजन भएको कार्यक्रम वडा न. ४ र ४ मा लागू भएको छ ।”
महिला आर्थिक रूपमा सक्षम भए भने हिंसा न्यूनीकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भई समाजमा अगाडि आउन सक्ने वातावरण बनाउने प्रयास गरेको उपमेयर लामिछानेले बताउनुभयो । नगर उपप्रमुख लामिछानेको प्रस्तावमा चार वर्षअघि निर्वाचित कार्यपालिकाको पहिलो बैठकले यो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।
यस वर्ष सिंगामा तीन समूहले मौसमी बेमौसमी तरकारीको बस्तु विविधीकरण, तातोपानी कुण्डमा डुब्दा लगाउने कपडा सिलाउने तालिम र तीन महिने सिलाई कटाई तालिम सञ्चालन गरेका छन् । कार्यक्रमबाट तीन वटै समूहका ३० जना भन्दा बढीले सिपमूलक तालिम पाउने नगर कार्यपालिका सदस्य मिना कार्कीले बताइन् ।
बेनी–६ मा रहेका १८ आमा समूहहरूले संयुक्त रूपमा तीन महिने सिलाई कटाई तालिमको प्रस्ताव गरेका छन् । साठी जनालाई सिलाई कटाई सम्बन्धी तालिम दिइने नगरपालिकाले जनाएको छ ।
आर्थिक वर्ष २०७९/८० मा बेनी–३ भकिम्लीमा कुखुरापालन र बेनी – ९ घतानमा चप्पल, दालमोड, नमकिन बनाउने तालिम सञ्चालन भएको थियो । २०८०/०८१ मा बेनी नगरपालिका–१० पात्लेखेतमा सञ्चालन भएको कार्यक्रममा सहभागी महिलाहरुले ब्यवसायिक रूपमा बाजा बजाउन र बेनी–२ खबरामा केराको थामबाट धागो बनाउने गरेका छन् । २०८१/०८२ मा बेनी नगरपालिका–५ पुलाचौरमा च्याउ खेती, बेनी १ रत्नेचौरमा बाँसको सामग्री बनाउने तालिम र च्याउ खेती सम्बन्धी कार्यक्रम सञ्चालन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण