अपडेट
रोशी खोला सडकमा पस्दा वीपी राजमार्ग अवरुद्ध
शनिबार, ०७ चैत २०८२, ०७ : ४४
सारांश
- काभ्रेको रोशी खोलामा पानी सडकमा पस्दा बीपी राजमार्ग अवरुद्ध भएको छ।
- अविरल वर्षाको कारणले गर्दा रोशी खोलाको पानी सडकसम्म पुगेको थियो।
- प्रहरीले सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरिरहेको छ र यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न आग्रह गरेको छ।
काभ्रे । रोशी खोलाको पानी सडकमा पस्दा वीपी राजमार्ग अवरुद्ध भएको छ । शनिबार बिहान ३: ३० बजेको समयमा वीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउपालिका खण्डका केहि स्थानमा रोशी खोला पसेको थियो ।
रोशी खोलाको पानी पस्दा काभ्रेको चारसयबेशी, गिम्दी, बाउन्ने र कालढुङ्गामा सडक अवरुद्ध भएको हो । अविरल वर्षाको कारण रोशी खोलाको पानीको बहाव सडकसम्म पुगेकाले पूर्ण रूपमा वीपी राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
उक्त स्थानमा प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरेर सडक खुलाउने कार्य भइरहेको जनाइएको छ । सडकको अवस्था बारे बुझेर मात्र यात्रा गर्न जिल्ला ट्राफिक कार्यालय काभ्रेले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण