जुम्लाका सुरक्षा निकायलाई डढेलो नियन्त्रण उपकरण सहयोग
सारांश
- जुम्ला डिभिजन वन कार्यालयले डढेलो नियन्त्रणका लागि सुरक्षा निकायलाई सामग्री हस्तान्तरण गरेको छ।
- प्रमुख जिल्ला अधिकारीले डढेलो नियन्त्रणमा समन्वय र तयारी आवश्यक रहेको बताए।
- डढेलो नियन्त्रण सप्ताहमा सचेतनामूलक कार्यक्रम र जोखिम न्यूनीकरणका गतिविधिहरू सञ्चालन भइरहेका छन्।
काली बहादुर परियार
जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले डढेलो नियन्त्रण तथा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्लाका तीनवटै सुरक्षा निकायलाई आवश्यक सामाग्री हस्तान्तरण गरेको छ । वन डढेलो नियन्त्रण सप्ताहको अवसर पारेर शुक्रबार आयोजित कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको विपद् व्यवस्थापन युनिटलाई आवश्यक उपकरण प्रदान गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले औपचारिक कार्यक्रमबिच सामाग्री हस्तान्तरण गर्दै डढेलो नियन्त्रणमा समन्वय र तयारी अपरिहार्य रहेको बताए । डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरत बहादुर बुढ्थापाका अनुसार डढेलो तथा आगजनीका घटनामा अग्रपङ्क्तिमा खटिने सुरक्षा निकायलाई लक्षित गर्दै उपकरण उपलब्ध गराइएको बताए ।
उनका अनुसार सीमित स्रोत साधनका बिच पनि जोखिम न्यूनीकरणमा सहयोग पुग्ने विश्वासका साथ सामग्री वितरण गरिएको बताए । उनले भने, डढेलो नियन्त्रणमा प्रयोग हुने विशेष सुरक्षात्मक कपडा र फलामे औजारहरू हस्तान्तरण गरिएको छ।
नेपाली सेनालाई १२ थान, सशस्त्र प्रहरीलाई १२ थान र नेपाल प्रहरीको विपद् युनिटलाई १० थान गरी कुल ३४ थान सामाग्री वितरण गरिएको छ। प्रमुख जिल्ला अधिकारी पौडेलले विपद् व्यवस्थापनमा सबै निकायबिचको सहकार्य र तत्काल प्रतिक्रिया प्रणाली सुदृढ बनाउन यस्ता पहल महत्त्वपूर्ण हुने उल्लेख गरे ।
उनले डढेलो जस्तो संवेदनशील विपद् नियन्त्रणमा स्थानीय तह, सुरक्षा निकाय र समुदायबिचको समन्वयलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए।डढेलो नियन्त्रण सप्ताह अन्तर्गत जिल्लाभर सचेतनामूलक कार्यक्रम, अभिमुखीकरण तथा जोखिम न्यूनीकरणसम्बन्धी गतिविधिहरू पनि सञ्चालन भइरहेका छन् ।
यस्ता कार्यक्रमले समुदायस्तरमै सचेतना बढाउँदै सम्भावित क्षति कम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । जुम्लामा हरेक वर्ष गर्मीयामसँगै वन डढेलोको जोखिम बढ्ने गरेको छ। यस वर्ष समयमै तयारी थालिएकाले डढेलो नियन्त्रणमा सहजता आउने सरोकारवालाको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण