बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : शाह

शनिबार, ०७ चैत २०८२, १० : ०२
शनिबार, ०७ चैत २०८२

सारांश

  • रास्वपा नेता बालेन्द्र शाहले सद्भाव, सहिष्णुता र सहकार्यबाट देश अघि बढ्ने बताए।
  • ईदको अवसरमा शुभकामना दिँदै उनले विविधताको सम्मान गर्न आग्रह गरे।
  • उनले आपसी सम्मान, समझदारी र एकताले समाज सुदृढ हुने विश्वास व्यक्त गरे।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्ने बताएका छन् । 

ईद–उल–फित्रको अवसरमा शुभकामना दिँदै उनले भनेका छन्– 'धर्म, संस्कृति र विविधताको सम्मान गर्दै, सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ।'

उनले एक–अर्काप्रति सम्मान, समझदारी र एकताले समाजलाई अझ सुदृढ बनाउनेछ भन्ने कामना गर्दै, ईदको अवसरले भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनाओस् भन्ने कामना गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप