बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कलाकारिता मै फर्किए प्रकाश सपुत

शनिबार, ०७ चैत २०८२, ११ : ५५
शनिबार, ०७ चैत २०८२

सारांश

  • गायक प्रकाश सपुत कलाकारितामा फर्किएका छन्, उनले सामाजिक सञ्जालमा जानकारी दिए।
  • सपुतले आफू अब जनतालाई मनोरञ्जन दिन चाहेको र इमान्दार नागरिक बन्न चाहेको बताए।
  • उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकमा परेनन्, तर उनले कुनै गुनासो नगरेको बताए।

काठमाडौँ । गायक प्रकाश सपुत कलाकारिता मै फर्किएका छन् । सपुतले शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आफू कलाकारिता मै फर्किएको जानकारी दिएका हुन् ।

उनले भनेका छन्– ‘म अब ढुक्कले जनतालाई मनोरञ्जन दिन चाहन्छु । मेरो बाल मष्तिष्कले बोकेको सामाजिक र राजनैतिक चेतको भारी बिसाएर केबल ईन्टरटेनर हुन चाहन्छु । म समाज र राज्यको नजरमा एक समान मान्छे हुन चाहन्छु।’

कलाकार सपुत राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट समानुपातिक सूचीमा प्रस्तावित भए पनि परेनन् । उनले आफ्नो जीवनको ५ वर्ष देशका लागि दिने तयारीका साथ निर्वाचनमा होमिएको भए पनि आफू छुटेकोमा कुनै गुनासो नभएको बताएका छन् ।

उनले रास्वपाका सभापति रवि लामिछानेले पार्टीमै रहेर देशका निम्ति योगदान गर्न गरेको प्रस्तावको पनि स्मरण गरेका छन् । तर उनले सभापति लामिछानेलाई अब साँच्चिकै देश बन्छ भन्ने अनुभूति दिलाएर काम गर्न सुझाव दिएको समेत बताएका छन् । 

हेर्नुहोस् सपुतको स्ट्याटस :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप