इरान तनावबिच संयुक्त राज्य अमेरिकालाई बेलायतको सैन्य सहयोग
लन्डन । बेलायतले संयुक्त राज्य अमेरिकालाई हर्मुज क्षेत्रमा हुने आक्रमणका लागि आफ्ना सैन्य अड्डाहरू प्रयोग गर्न अनुमति दिएको छ । यसबारे डाउनिङ स्ट्रिटले शुक्रबार सार्वजनिक गरेको वक्तव्यमार्फत जानकारी दिएको हो ।
वक्तव्यअनुसार हर्मुज क्षेत्रमा जहाजहरूलाई लक्षित गरी भइरहेका आक्रमणमा प्रयोग भएका मिसाइल स्थल र क्षमताहरू कमजोर बनाउन यस्तो कदम चालिएको हो । साथै बेलायतले अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर उक्त क्षेत्रमा अन्तर्राष्ट्रिय जल यातायात सुरक्षित गर्ने योजना बनाइरहेको जनाएको छ ।
यद्यपि, बेलायतले आफू ‘ठूलो द्वन्द्वमा तानिन नचाहेको’ स्पष्ट पारेको छ । यसैबिच, इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले शुक्रबार बेलायती समकक्षीलाई चेतावनी दिँदै अमेरिका र इजरायलको इरानविरुद्धको आक्रमणमा सहयोग नगर्न आग्रह गरेका छन् । उनले यस्तो सहयोगले क्षेत्रीय तनाव थप चर्काउने बताएका छन् ।
गत फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा तेहरान सहित इरानका विभिन्न सहरहरूमा आक्रमण गरेका थिए । उक्त आक्रमणमा अली खामेनेईसहित उच्च सैन्य अधिकारी र सर्वसाधारणको मृत्यु भएको थियो ।
त्यसपछि इरानले जवाफस्वरूप इजरायल र मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमणहरू गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण