निर्वाचनको स्वच्छता, निष्पक्षता र पारदर्शिताबारे छानबिन गर्नुपर्छ : प्रभु साह
सारांश
- आजपा अध्यक्ष प्रभु साहले निर्वाचनको स्वच्छता र निष्पक्षता छानबिन गर्न माग गरेका छन्।
- उनले निर्वाचन आयोग र सरकारको भूमिकामाथि प्रश्न उठाउँदै आचारसंहिता उल्लंघन भएको आरोप लगाए।
- साहले मधेसी दलितको प्रतिनिधिसभामा प्रतिनिधित्व नभएकोमा असन्तुष्टि जनाए र क्षतिपूर्तिको माग गरे।
काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भनिए पनि प्रश्न उठेकाले यसको स्वच्छता, निष्पक्षता र पारदर्शिताको बारेमा छानबिन गर्नुपर्ने माग गरेका छन् । काठमाडौँको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज (शनिबार) बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै साहले यस्तो माग गरेका हुन् ।
निर्वाचन आयोगदेखि सरकारको भूमिकामाथि प्रश्न उठाउँदै उनले निर्वाचन आचारसंहिता उलङ्घन हुँदा समेत मौन बस्नु, एकपक्षीय प्रचार रोक्न नसक्नुले गम्भीर प्रश्न उठेको बताए ।
मिडियादेखि सामाजिक सञ्जालको निष्पक्षतामाथि समेत उनले प्रश्न उठाए । फेक आइडीको दुरुपयोग, मिडियाको एकपक्षीय प्रचार रोक्न नसक्नु निर्वाचन आयोग र सरकारको असफलता भएको टिप्पणी उनले गरे ।
यसैगरी मधेसी दलितको प्रतिनिधिसभामा एक जनाको पनि प्रतिनिधित्व नहुनु यो संविधान र व्यवस्थाकै असफलताको प्रमाण भएको उनले बताए । जनसङ्ख्या अनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा एक जना पनि मधेसी दलित नहुनुले यसका लागि पार्टीले सङ्घर्ष गर्ने बताए । मधेसी दलितको सहभागिता नहुनुको कारणबारे उनले निर्वाचन आयोगसँग जवाफ समेत माग गरेका छन् ।
उनले हालै आएको हावाहुरी, असिना पानीका कारण देशैभर गहुँ, मकै, केरा खेतीका साथै आँप, लिची लगायतका बालीमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै किसानहरूलाई क्षतिपूर्ति दिन सरकारसँग माग समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण