बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राज्यका हरेक निकायमा जनसङ्ख्याको आधारमा प्रतिनिधित्व हुन जरुरी छ : उपराष्ट्रपति यादव

शनिबार, ०७ चैत २०८२, १७ : २०
शनिबार, ०७ चैत २०८२

सारांश

  • उपराष्ट्रपति रामसहायप्रसाद यादवले राज्यका निकायमा जनसङ्ख्याको आधारमा प्रतिनिधित्व गराउन पहल गर्नुपर्ने बताए।
  • उनले मुस्लिम समुदायका युवाहरूलाई गुणस्तरीय शिक्षा र महिला सशक्तिकरणमा जोड दिए।
  • उपराष्ट्रपति यादवले मुस्लिम आयोगलाई युवा र महिलाका लागि कार्यक्रम सञ्चालन गर्न सुझाव दिए।

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले राज्यको हरेक निकायमा जनसङ्ख्याको आधारमा विभिन्न समुदायको प्रतिनिधित्व गराउनका लागि पहल गर्न जरुरी रहेको बताएका छन् ।

मुस्लिम आयोगको सातौँ स्थापना दिवसका अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा उपराष्ट्रपति यादवले निजामती सेवा, न्याय सेवा, सेना, प्रहरी, कूटनीतिक निकाय लगायतका क्षेत्रमा जनसङ्ख्याको आधारमा प्रतिनिधित्व गराउनका लागि थप पहल जरुरी रहेको बताएका हुन् ।

भविष्यमा मुस्लिम आयोगले अझ प्रभावकारी ढङ्गले मुस्लिम युवाहरूलाई गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर सुनिश्चित गर्न विशेष कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने समेत उनले बताए ।

उनले मुस्लिम महिलाहरूलाई सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने गरी सक्षम बनाउने कार्यक्रमहरू तथा विविधता र सहअस्तित्वलाई स्थायी शान्ति र समृद्धिको आधार बनाउन सद्भावमूलक कार्यक्रमहरू सञ्चालनमा जोड दिन आवश्यक रहेको धारणा राखे । यसका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारका विशेष नीतिहरू मुस्लिम समुदायको सामाजिक, आर्थिक तथा सांस्कृतिक सशक्तीकरणमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ । .

त्यसैगरी उपराष्ट्रपति यादवले युवाहरूलाई अवसर प्रदान गर्ने, महिलाहरूलाई सशक्त बनाउने, सामाजिक सद्भावलाई अझ मजबुत बनाउने कार्यक्रमहरूलाई निरन्तरता दिन मुस्लिम आयोगलाई सुझाव समेत दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप