भावुक, शाक्य र गिरीलाई ‘वानीरा पुरस्कार’
सारांश
- वानीरा फाउन्डेसनले विभिन्न विधाका व्यक्तिहरूलाई वानीरा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
- कवि माधव खनाल 'भावुक', कम्प्युटर वैज्ञानिक मुनि शाक्य र आख्यानकार धनराज गिरीलाई पुरस्कार दिइनेछ।
- पुरस्कारहरू डा. वानीरा गिरीको ८३औँ जयन्तीको अवसरमा काठमाडौँमा वितरण गरिनेछ।
काठमाडौँ । वानीरा फाउन्डेसनले विभिन्न विधामा वानीरा पुरस्कार वितरण गरेको छ । सो फाउन्डेसनले कवि तथा गीतकार माधव खनाल ‘भावुक’, कम्प्युटर वैज्ञानिक मुनि शाक्य र आख्यानकार धनराज गिरी लगायतलाई वानीरा पुरस्कार समर्पण गर्ने निर्णय गरेको हो ।
नेपाली भाषा साहित्यको सिर्जनामा साढे सात दशक अघिदेखि साधनारत गीतकार खनाललाई ‘वानीरा प्रज्ञा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको फाउन्डेसनले जनाएको छ । भावुकको पहिलो कृति २००९ सालमा प्रकाशित भएको थियो । भावुककृत कविता सङ्ग्रहमा मविवि शाह, बालकृष्ण सम र मातृकाप्रसाद कोइरालाले भूमिका लेखेका थिए । उनका तीन वटा कृति र एक सय जति फुटकर लेख, रचना प्रकाशित छन् ।
त्यस्तै, आफ्नै स्रोत र साधनबाट विगत चार दशकअघिदेखि कम्प्युटरमा नेपाली लिपिको निर्माणका साथै पछिल्ला समयमा कृत्रिम बौद्धिकतामा आधारित मौलिक यन्त्र मानव (रोबोर्ट) को आविष्कारसमेत गरी अन्तर्राष्ट्रिय जगतमा नेपालको गौरव बढाए बापत कम्प्युटर वैज्ञानिक मुनि शाक्यलाई पनि ‘वानीरा शङ्कर पुरस्कार’ उपलब्ध गराउने निर्णय भएको फाउन्डेसनले जनाएको छ । यी दुवै पुरस्कारका राशि जनही एक एक लाख रुपियाँ रहेका छन् ।
साथै आख्यान, कविता र हास्यव्यङ्य लेखनमा सदैव समर्पित रही नेपाली भाषा साहित्यको सम्वर्द्धनमा उल्लेख्य योगदान दिएबापत चितवनका धनराज गिरीलाई पचास हजार रुपियाँ राशिसहित ‘वानीरा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको फाउन्डेसनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिएका छन् ।
त्यसैगरी किशोरावस्थादेखि नै समाजसेवामा उत्सर्गिक भई खास गरेर काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३१ को विकासमा सदैव समर्पित सरोज ढकाललाई ‘वानीरा सेवा सम्मान’ समर्पण गर्ने निर्णय भएको छ ।
नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीका सम्मानमा स्थापित यी पुरस्कारहरू डा. गिरीको ८३ औँ जयन्तीका अवसरमा आगामी अक्षय तृतीयाका दिन काठमाडौँमा वितरण गरिने समेत फाउन्डेसनले जनाएको छ ।
वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा आज बसेको फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट घोषणाको मुखैमा सुदूरपश्चिम सरकारका मन्त्री फेरबदलः बजेटमा कस्तो पर्ला असर ?
-
चैते धानमा ‘नेक ब्लास्ट’ रोगको प्रकोप
-
‘भागदौड’ असार २६ मा प्रदर्शन हुने
-
विपक्षीको अवरोधका कारण राष्ट्रिय सभा बैठक स्थगित, तस्बिरहरू
-
इरान र इजरायलले रोके एक–अर्काविरुद्धको आक्रमण
-
अमेरिकी आक्रमणमा आगलागी भएको ट्यांकरबाट २४ भारतीय चालक दलको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण