सियोलको मुटुमा बीटीएसको भव्य पुनरागमन, तस्बिरहरू
सारांश
- दक्षिण कोरियाको सियोलमा बीटीएसले पुनरागमन गर्यो, जहाँ प्रशंसकहरुको बाक्लो उपस्थिति थियो।
- कन्सर्टमा नयाँ एल्बम 'आरिराङ' बाट गीत प्रस्तुत गरियो र पुरानो हिट गीतहरू पनि गाइयो।
- कार्यक्रमको सुरक्षा व्यवस्था र स्रोतको प्रयोगमा आलोचना भएको थियो, तर सरकारले बीटीएसको योगदानको कदर गरेको जनाएको छ।
सियोल । दक्षिण कोरियाको राजधानी सियोल शनिबार बैजनी रंगमा रंगिएको थियो। भवनका ठूला स्क्रिन, बिलबोर्ड, मास्कदेखि टिसर्टसम्म जताततै बीटीएसको सिग्नेचर रंग 'पर्पल' छाएको थियो।
_0fskbG6Ekt.webp)
अनिवार्य सैन्य सेवाका कारण तीन वर्षभन्दा लामो समय विश्राम लिएको विश्वकै ठूलो के-पप ब्यान्ड बीटीएसले सियोलको ऐतिहासिक ग्वान्ग्वामुन स्क्वायरबाट स्टेजमा सानदार पुनरागमन गरेको हो।
_sQYU1jXH4m.webp)
‘वेलकम ब्याक बीटीएस’ लेखिएका ब्यानरले सहर भरिएको थियो भने आफ्ना प्रिय स्टारहरूलाई हेर्न विश्वभरबाट प्रशंसकहरू सियोल ओइरिएका थिए। अमेरिकाबाट आएका भेरोनिका र अमान्डाजस्ता हजारौँ प्रशंसकहरूले बैजनी रंगको परम्परागत कोरियाली पहिरन हान्बोक लगाएर ब्यान्डको स्वागत गरे।
_4aysZRpDRw.webp)
लामो समयको प्रतीक्षापछि सातै जना सदस्यहरू, आरएम, जिन, सुगा, जे-होप, जिमिन, भी र जङ कूक, एकसाथ स्टेजमा देखिँदा प्रशंसकहरूको चिच्याहटले सियोल गुञ्जायमान भएको थियो।
_i08fM4pah4.webp)
कन्सर्टको सुरुवात बीटीएसको नयाँ एल्बम ‘आरिराङ’ मा समावेश ट्र्याक ‘नम्बर २९’ बाट भयो। जसमा कोरियाको ऐतिहासिक डिभाइन बेल अफ किंग सेङदेओकको गहिरो धुन प्रयोग गरिएको थियो।
_6jAgC04qNo.webp)
ब्यान्डका लिडर आरएमले सुरुमा कोरियाली र पछि अंग्रेजीमा ‘हामी फर्किएका छौँ’ भन्दै प्रशंसकलाई सम्बोधन गरे। उनीहरूले नयाँ गीत ‘बडी टु बडी’ सँगै आफ्ना चर्चित हिट गीतहरू बटर, माइक ड्रप, डायनामाइट र ‘माइक्रोकस्मस’ मार्फत दर्शकलाई मन्त्रमुग्ध पारे।
_S8r4gpa4R6.webp)
ऐतिहासिक ग्वान्ग्वामुन गेटलाई पृष्ठभूमि बनाएर निर्माण गरिएको विशेष स्टेज दक्षिण कोरियाको झन्डाबाट प्रेरित थियो। सुगाले कोरियाको सबैभन्दा ऐतिहासिक स्थानमा प्रस्तुति दिन पाउनु गौरवको कुरा भएको बताए।
उनले आफ्नो पहिचान झल्काउन नयाँ एल्बमको नाम ‘आरिराङ’ राखिएको र यही स्थान छनोट गरिएको जानकारी दिए। अधिकारीहरूले २ लाख ५० हजार दर्शक आउने अपेक्षा गरे पनि हजारौंको संख्यामा प्रशंसकहरू उपस्थित थिए।
यद्यपि, यो भव्य कार्यक्रमलाई लिएर केही आलोचना पनि भएका छन्। सहरको मुख्य सार्वजनिक स्थल, हजारौँ प्रहरी र अग्नि नियन्त्रकहरू एउटै कार्यक्रममा परिचालन गरिएको भन्दै सुरक्षा व्यवस्था र स्रोतको प्रयोगमा प्रश्न उठाइएको छ।
_yYhKPghReO.webp)
संगीत समीक्षक जङ मिन-जेले यसरी सहर ठप्प पारेर कन्सर्ट गर्न दिँदा भविष्यमा अन्य कलाकारले पनि यस्तै माग राख्न सक्ने भन्दै सरकारको मापदण्डमाथि प्रश्न उठाएका छन्। तर सरकारले भने बीटीएसले दक्षिण कोरियाको 'सफ्ट पावर' र वैश्विक ब्रान्डिङमा पुर्याएको योगदानका कारण यो सम्मान दिइएको तर्क गरेको छ। सन् २०१३ मा डेब्यु गरेको यो ब्यान्डले बिलबोर्ड चार्टमा शीर्ष स्थान बनाउनुको साथै संयुक्त राष्ट्र संघ र ह्वाइट हाउससम्म पुगेर आफ्नो प्रभाव जमाएको छ।
_yyMEexC0qd.webp)
संगीत समीक्षक लिम ही-युनले बीटीएसलाई बिटल्ससँग तुलना गर्दै उनीहरूले दक्षिण कोरियालीहरूमा तीव्र राष्ट्रिय गौरव भरेको बताए। यो पुनरागमन केवल एउटा कन्सर्ट मात्र नभई बीटीएसको विरासत र कोरियाली संस्कृतिलाई विश्वभर पुनः स्थापित गर्ने एउटा ठुलो उत्सव बनेको छ।
_vFTC6s2ym3.webp)
_AOywNDSklB.webp)
_pmkLrXUQTh.webp)
_5SoD9FIePC.webp)
_tlJaxkqLc7.webp)
_jkuwscjxvl.jpg)
_nvQTh11FIZ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण