कञ्चनपुर कारागारमा थुनुवाबिच कुटाकुट : चिर्पट प्रहारबाट एक जना घाइते
सारांश
- कञ्चनपुर कारागारमा थुनुवाहरूबीचको विवादमा एक जना घाइते भएका छन्।
- लागूऔषध मुद्दामा थुनामा रहेका गणेश विष्टमाथि अर्का थुनुवा भुवन ऐरले चिर्पट प्रहार गरेका थिए।
- घाइते विष्टको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था सामान्य छ।
धनगढी । कञ्चनपुर जिल्ला कारागारभित्र थुनुवाहरूबिच आपसी विवाद हुँदा एक जना घाइते भएका छन् । कारागारको आन्तरिक विवादका क्रममा चिर्पट प्रहार हुँदा वेदकोट नगरपालिका–९ का गणेश विष्ट घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीका अनुसार लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका विष्टमाथि अर्का थुनुवा भुवन ऐरले आक्रमण गरेका थिए ।
कारागारको ब्लक ‘ए’ मा रहेका विष्टमाथि ब्लक ‘बी’ मा रहेका शुक्लाफाँटा नगरपालिका–९ का ऐरले चिर्पट प्रहार गरेको प्रहरीले जनाएको छ । आक्रमण गर्ने ऐर पनि लागूऔषध सम्बन्धी मुद्दामै थुनामा रहेका व्यक्ति हुन् ।
चिर्पट प्रहारबाट चोट लागेका विष्टको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था अहिले सामान्य र खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ । कारागारभित्र भएको यो झडपको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण