पर्यटन विभागका तत्कालीन निर्देशक यादवले पाए सफाइ
सारांश
- तत्कालीन पर्यटन विभागका निर्देशक सचिन्द्र कुमार यादवले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवलाई गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा मुद्दा दर्ता गरेको थियो।
- यादवले ९६ लाख ८५ हजार ५५३ रुपैयाँ बराबरको खर्च तथा लगानीको स्रोत पुष्टि गर्न नसकेको आरोप लागेको थियो।
काठमाडौँ । पर्यटन विभागका तत्कालीन निर्देशक सचिन्द्र कुमार यादवले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू हेमन्त रावल र उमेश कोइरालाको इजलासले आइतबार यादवलाई गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा सफाइ दिने फैसला सुनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवलाई गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । यादवले आम्दानीको तुलनामा ९६ लाख ८५ हजार ५५३ रुपैयाँ बराबरको खर्च तथा लगानीको स्रोत पुष्टि गर्न नसकेको देखिएको आयोगले गत साउन २९ गते भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
आयोगको अभियोगपत्र अनुसार २०६६ साल जेठ २४ गतेदेखि २०७९ साल साउन २९ गतेसम्मको सेवा अवधिमा २ करोड ६८ लाख १८ हजार ९०० रुपैयाँभन्दा बढी आय आर्जन गरेको देखिएको जनाएको छ ।
यसमा पारिश्रमिक, भ्रमण भत्ता, जीवन बीमा, हिमाल आरोहण सम्पर्क अधिकृत भई पाएको रकम, परामर्श सेवा, घर बहाल, बैठक भत्ता, कर्मचारी सञ्चय कोष, बैंक कर्जा, कृषि आय, जग्गा बिक्री, बैंक ब्याज तथा सेयर बिक्रीबाट प्राप्त रकमसमेत समावेश छन् ।
तर सोही अवधिमा उनले घरजग्गा खरिद, निर्माण, बैंक कर्जा भुक्तानी, शेयर खरिद, शैक्षिक खर्च, जीवन बीमा प्रिमियम, बैंक मौज्दातलगायत शीर्षकमा ३ करोड ६५ लाख ४ हजार ४५३ रुपैयाँभन्दा बढी खर्च र लगानी गरेको पाइएको अभियोगपत्रमा उल्लेख छ ।
यसरी करिब ९६ लाख ८५ हजार ५५३ रुपैयाँ बराबरको खर्च तथा लगानीको स्रोत पुष्टि नभएकाले यादवले पदीय हैसियतको दुरुपयोग गरी गैर कानुनी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण