बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लन्डनमा यहुदी समुदायका चार एम्बुलेन्समा आगजनी

सोमबार, ०९ चैत २०८२, १६ : ५०
सोमबार, ०९ चैत २०८२

सारांश

  • लन्डनमा यहुदी समुदायको स्वास्थ्य सेवासँग आबद्ध चारवटा एम्बुलेन्समा आगजनी भएको छ।
  • बेलायती प्रधानमन्त्रीले घटनाको निन्दा गर्दै यहुदी-विरोधी घृणालाई लिएर अनुसन्धान सुरु गरिएको बताए।
  • आगजनीबाट नजिकैका भवन र झ्यालमा क्षति पुगेको थियो र तीन संदिग्ध व्यक्ति देखिएका छन्।

लन्डन । बेलायतको राजधानी लन्डनमा यहुदी समुदायको स्वास्थ्य सेवासँग आबद्ध चारवटा एम्बुलेन्समा आगजनी गरिएको छ। लन्डनको मेट्रोपोलिटन प्रहरीले यस घटनालाई यहुदी–विरोधी घृणासँग सम्बन्धित अपराधका रूपमा लिएर अनुसन्धान सुरु गरेको छ।

बेलायती प्रधानमन्त्री किएर स्टार्मरले यस घटनालाई अत्यन्तै स्तब्धकारी र भयानक भन्दै कडा निन्दा गरेका छन्। यस्तै, स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले कसैलाई चोटपटक नलागेकोमा खुशी व्यक्त गर्दै यहुदी–विरोधी घृणाका विरुद्ध एकजुट भएर उभिनुपर्नेमा जोड दिए । 

लन्डन दमकल विभागका अनुसार सोमबार बिहान करिब १: ४० बजे गोल्डर्स ग्रीनको हाईफिल्ड रोडमा चारवटा ‘हत्जोला एम्बुलेन्सहरू जलिरहेको अवस्थामा भेटिएका थिए। आगलागीका क्रममा गाडीभित्र रहेका अक्सिजन सिलिन्डरहरू विष्फोट भएका थिए, जसको धक्काले नजिकैका भवन र फ्ल्याटहरूको झ्यालका सिसाहरू समेत फुटेका छन्।

आगो नियन्त्रणमा लिन ६ वटा दमकल र करिब ४० जना अग्निनियन्त्रकहरू परिचालन गरिएको थियो। सुरक्षाका लागि नजिकैका घरहरू खाली गराइएको थियो भने करिब ३० जना स्थानीयलाई सुरक्षित आश्रयस्थलमा लगिएको थियो। घटनास्थलको सीसीटीभी फुटेजमा तीन जना संदिग्ध व्यक्तिहरू एम्बुलेन्सतर्फ गएर आगो लगाएको देखिएको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप