नवनिर्वाचित सांसदहरूको शपथको सम्पूर्ण तयारी पूरा
सारांश
- सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरूको शपथ र सभाका लागि तयारी पुरा गरेको छ।
- नयाँ संसद् भवन निर्माण नभएकाले प्रारम्भिक बैठकहरू बहुउद्देश्यीय हलमा बस्नेछन्।
- सचिवालयले चैत्र १२ गते बहुउद्देश्यीय हलमा शपथ ग्रहण हुने जनाएको छ।
काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरूको शपथ र सभाका प्रारम्भिक बैठकका लागि आवश्यक तयारी पुरा भएको जनाएको छ । मंगलबार सिंहदरबारमा निर्माण भइरहेको संसद् भवनको हालसम्मको तयारीबारे सञ्चारकर्मीलाई जानकारी गराउँदै संसद् सचिवालयले शपथ र सभाका प्रारम्भिक बैठकका लागि बहुउद्देश्यीय हलमा आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
सचिवालयका अनुसार प्रतिनिधिसभाको मुख्य हल निर्माण नभएका कारण बहुउद्देश्यीय हलमा नै प्रारम्भिक चरणका बैठकहरू बस्ने छन् । त्यसका लागि सिटहरु, रोष्टम, सभामुख आसन, महासचिव, सचिव, सचिवालय बस्ने ठाउँ लगायतको व्यवस्थापन भइरहेको सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
उनले बहुउद्देश्यीय हल नजिकै नयाँ भवनमा नै कार्य व्यवस्था शाखा, कार्यव्यवस्था परामर्श समितिको हल र सभामुख बस्ने कोठाको पनि व्यवस्थापन गरिएको उल्लेख गरे । प्रवक्ता गिरीले नयाँ संसद् भवनको निर्माणको अवस्था हेर्दा शपथपछि संसदको पहिलो अधिवेशनको सबै बैठकहरू बहुउद्देश्यीय हलमा नै हुने देखिएको बताए ।
उनले बहुउद्देश्यीय हलबाट बैठक सञ्चालन गर्नुपर्दा निकै जटिलताहरू देखा पर्ने भएकाले छिटो भन्दा छिटो संसद् भवनको निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई अनुरोध गरिरहेको बताए । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ यहि चैत्र १२ गते बहुउद्देश्यीय हलमा नै हुने संसद् सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण