यस्तो छ भदौमा हुने भनिएको कांग्रेस महाधिवेशनको प्रस्तावित कार्यतालिका (पूर्णपाठ)
सारांश
- नेपाली कांग्रेसले २०८३ भदौ २४ देखि २६ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने प्रस्ताव गरेको छ।
- नयाँ नेतृत्व चयनका लागि तल्लो तहदेखि नै चुनावी प्रक्रिया सुरु हुने गरी कार्यतालिका प्रस्ताव गरिएको हो।
- महाधिवेशनको प्रारम्भिक तयारीका रूपमा क्रियाशील सदस्यता वितरण र नवीकरण चैत २१ गतेदेखि सुरु हुनेछ।
काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन २०८३ भदौ २४ देखि २६ गतेसम्म काठमाडौँमा गर्ने गरी प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ।
पार्टीको नयाँ नेतृत्व चयनका लागि तल्लो तहदेखि नै चुनावी प्रक्रिया सुरु हुने गरी यो तालिका प्रस्ताव गरिएको हो।
सभापति गगन थापाद्वारा मंगलबारको केन्द्रीय समिति बैठकमा प्रस्तावित तालिका अनुसार महाधिवेशनको प्रारम्भिक तयारीका रूपमा क्रियाशील सदस्यता वितरण र नवीकरणको विशेष अभियान चैत २१ गतेदेखि सुरु हुनेछ।
यस प्रक्रियालाई २०८३ असार मसान्तभित्र टुङ्ग्याएर निर्वाचन समितिलाई नामावली बुझाउने लक्ष्य राखिएको छ। त्यसपछि साउन ६ गते देशभरका ६ हजार ७ सय ४३ वटै वडामा एकैसाथ अधिवेशन सुरु हुने थापाले बताए ।
तल्लो तहको अधिवेशनको निरन्तरता स्वरूप साउन १२ गते गाउँ(नगरपालिका, साउन २३ गते प्रदेश सभा क्षेत्रीय र साउन ३० गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन तथा एक मात्र क्षेत्र भएका जिल्लाहरूको जिल्ला अधिवेशन हुने कार्यतालिकामा उल्लेख छ।
भदौ महिनामा प्रवेश गरेसँगै भदौ ६ र ७ गते जिल्ला अधिवेशन तथा भदौ १५ र १६ गते सातै प्रदेशको अधिवेशन सम्पन्न गरिनेछ। यी सबै तहका अधिवेशनहरू सम्पन्न भएपछि अन्तिम चरणमा भदौ २४, २५ र २६ गते काठमाडौँमा भव्य रूपमा केन्द्रीय महाधिवेशन आयोजना गरिने थापाको प्रस्ताव छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण