बर्दियामा गोली चल्यो
मङ्गलबार, १० चैत २०८२, १६ : ०८
सारांश
- बर्दियामा हुलाकी राजमार्ग अवरुद्ध गरेपछि प्रहरीले गोली चलायो।
- मादक पदार्थ सेवनपछि दुई युवकको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरे।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ, मृतक लागुऔषध प्रयोगकर्ता भएको आशंका छ।
काठमाडौँ । स्थानीयले हुलाकी राजमार्ग अवरुद्ध गरेपछि प्रहरीले बर्दियामा गोली चलाएको छ । प्रहरीमाथि स्थानीयले ढुंगामुढा गरेपछि हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी प्रमेश विष्टले रातोपाटीलाई बताए।
३–४ दिनअघि दुई जना युवक मादक पदार्थ सेवन गरेर घरमा गएका र पछि बिरामी परेका थिए । उपचारको क्रममा उनीहरूको मृत्यु भएपछि स्थानीयले गणेशपुरमा सडक अवरुद्ध गरेर क्षतिपूर्तिको माग गरेका हुन् ।
उनीहरू लागुऔषध प्रयोगकर्ता रहेको आशङ्का गरिएको छ । उनीहरूको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण