विभागीय टोलीको भिडन्तमा पुलिसको विशाल जित
सारांश
- नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप क्रिकेटमा एपीएफलाई १८५ रनले हरायो।
- एपीएफले ३५६ रनको लक्ष्य पछ्याउँदा १७० रन मात्र बनायो, जसमा नन्दन यादव र कमल ऐरीले राम्रो प्रदर्शन गरे।
- पुलिसका लागि ललित राजवंशीले ३ विकेट लिए भने ब्याटिङमा शंकर राना, दिनेश खरेल, दिलसाद अली र आरिफ शेखले अर्धशतक बनाए।
काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको आठौँ खेलमा नेपाल पुलिस क्लबले अर्को विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई मंगलबार १ सय ८५ रनको विशाल अन्तरले पराजित गरेको छ । ३ सय ५६ रनको लक्ष्य पछ्याएको एपीएफले ४४ ओभरमा सबै विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो ।
टोलीका लागि पुछारका खेलाडी नन्दन यादव र कमल ऐरीले क्रमश: ४४ रन र ३५ रन बनाउँदै अझ ठुलो हारबाट जोगाए । उनीहरुबाहेक सन्दीप जोराले २४ रन तथा पूर्णविकले २० रन बनाए । आरिफ शेखले १८ रन तथा कप्तान रोहित पौडेलले ११ रन मात्र बनाउन सके ।
पुलिसका लागि ललित राजवंशीले ३ विकेट लिए । करन केसी, रासिद खान र दिनेश खरेलले २-२ विकेट तथा सागर ढकालले १ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ५५ रन बनाएको थियो । टोलीका लागि चार जना खेलाडीले अर्धशतकीय पारी खेले ।
शंकर राना (६१ रन), दिनेश खरेल (६० रन), दिलसाद अली (५१ रन) र कप्तान आरिफ शेख (५० रन) ले अर्धशतक बनाउँदै टोलीलाई विशाल योगफलतर्फ डोर्याए । यसैगरी, रासिद खानले ४४ रन, अमित श्रेष्ठले ३९ रन तथा गुल्सन झाले २३ रन जोडे ।
एपीएफका लागि कमल ऐरी र अमर रौटेलाले २-२ विकेट लिए । नन्दन यादव, रोहित पौडेल र युवराज खत्रीले १-१ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण