तीन वटा फर्मलाई जरिवाना
बुधबार, ११ चैत २०८२, ०४ : २७
सारांश
- वाणिज्य विभागले तीन फर्मलाई जरिवाना गरेको छ, अनुगमनका क्रममा कैफियत भेटिएपछि ।
- दशरथ ग्रोसरीलाई ५० हजार, शाह एण्ड शाहलाई १० हजार र ए एण्ड ए सपिङ सेन्टरलाई ५ हजार जरिवाना गरियो ।
- उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गर्दै, विभागले १५ फर्मलाई सुधारात्मक निर्देशन दियो ।
काठमाडौँ । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवाना गरेको छ ।
विभागका अनुसार दशरथ ग्रोसरी प्रालि इमाडोललाई रु ५० हजार, शाह एण्ड शाह इन्टरप्राइजेज सूर्यविनायक बालकोटलाई रु १० हजार जरिवाना गरेको छ । यस्तै, ए एण्ड ए सपिङ सेन्टर महालक्ष्मी ५ टिकाथलीलाई रु पाँच हजार जरिवाना गरेको छ ।
स्थलगत अनुगमनको क्रममा कानुन विपरीतको कारोबार भएको पाइएपछि जरिवाना गरिएको हो । ती फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरिएको हो ।
थप कूल १५ फर्मलाई भने विभागले सुधारात्मक निर्देशन दिएको छ । स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी र सरोकारवालाहरूको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुगमन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण