मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
राताेपाटी ब्रिफिङ

१० बजे १० समाचार : जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरिने, इनिशाका प्रेमीविरूद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा

बुधबार, ११ चैत २०८२, २२ : ००
बुधबार, ११ चैत २०८२

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेकी छिन्।
  • नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १५औं महाधिवेशन गर्ने कार्यतालिका सहित १६ वटा निर्णय गरेको छ।
  • पश्चिम एसियामा बढेको भू-राजनीतिक तनावले नेपालको कृषि क्षेत्रमा असर पार्न थालेको छ, र पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ।

आज २०८२ चैत ११ गते बुधबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ ।

  • जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय

प्रधानमन्त्री सुशीला कार्कीले तीन वटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय गरेकी छन्। 

याे पनि 

  • जेनजी आन्दोलन प्रतिवेदन

भदौ २३ र २४ गते संसद् भवन नयाँ बानेश्वर क्षेत्रमा भएको ‘जेनजी’ युवा समूहको आन्दोलनका क्रममा भएको मानवीय क्षति र सुरक्षा कमजोरीबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले  तयार गरेको आफ्नो प्रतिवेदनमा विभिन्न व्यक्तिलाई कारबाही सिफारिस गरेको छ । 

थप 

  • कांग्रेस बैठक 

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक १६ निर्णय गर्दै सकिएको छ। 

मंगलबार र बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले पार्टीको १५औ महाधिवेशन गर्ने कार्यतालिका सहितको १६ वटा निर्णय गरेको हो। 

थप 

  • विवादास्पद निर्णयमा भण्डारीकाे रेकर्ड

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको कानुनी सल्लाहकार अर्थात् महान्यायाधिवक्ता सविता भण्डारीले विवादास्पद निर्णयमै आफ्नो कार्यकाल बिताउनु परेको छ। 

  • सवारी लाइसेन्स छपाइमा ढिलासुस्ती 

 ६ महिनाभित्र १२ लाख थान लाइसेन्स छाप्ने सम्झौता भएकोमा सुरक्षण मुद्रण केन्द्रले पाँच महिनामा जम्मा २८ हजार थानमात्र छापेको छ ।

  • पश्चिम एसिया तनाव

पश्चिम एसियामा चुलिएको भू–राजनीतिक तनावको बाछिटा नेपालको कृषि क्षेत्रमा पनि देखिन थालेको छ । कृषि विज्ञ तथा अर्थशास्त्रीहरूका अनुसार यो द्वन्द्वले विश्वव्यापी आपूर्ति शृङ्खलालाई नै खलबल्याउन थालेको छ ।

  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य 

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल,डिजेल र मट्टीतेलमा समान १५ रुपैयाँ बढाइएको जानकारी दिएकाे हो।

  • अदालत 

उच्च अदालत पाटनले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को विवादास्पद निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । 

थप 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप