मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

दुई फर्मलाई जरिवाना, १७ लाई सुधारात्मक निर्देशन

बिहीबार, १२ चैत २०८२, ०१ : ०९
बिहीबार, १२ चैत २०८२

सारांश

  • वाणिज्य विभागले दुई फर्मलाई जरिवाना गर्यो।
  • पिलग्रिम्स र आरएस किरानालाई जरिवाना गरियो, अन्य १७ लाई निर्देशन दिइयो।
  • उपभोक्ता संरक्षण ऐनअनुसार फर्मलाई कारबाही गरिएको हो।

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुगमनका क्रममा कैफियत भेटिएपछि दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ ।

विभागले बुधबार एक विज्ञप्ति जारी गरी पिलग्रिम्स ग्रोसरी प्रालि स्वयम्भूलाई रु दुई लाख एक हजार बराबरको जरिवाना र आरएस किराना तथा ग्यास पसल ललितपुर भैँसेपाटीलाई रु १० हजार जरिवाना गरेको जनाएको छ । यस्तै, थप १७ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको जनाएको हो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम ती फर्मलाई जरिवाना गरिएको विभागले स्पष्ट पारेको छ । विभागले नियमित रूपमा स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकार भएकाहरूको सहभागितामा नियमित रूपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप