गुटेरेसले भने, ‘अब युद्ध रोक्ने बेला भयो’
सारांश
- संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले अमेरिका र इजरायललाई युद्ध अन्त्य गर्न आग्रह गरेका छन्।
- उनले इरानलाई छिमेकी देशहरूमा आक्रमण रोक्न र लेबनानमा युद्ध रोक्न पनि आग्रह गरे।
- गुटेरेसले लेबनान र इजरायलको सीमा क्षेत्रमा बढ्दो सैन्य तनावप्रति चिन्ता व्यक्त गर्दै कूटनीतिक समाधान खोज्न आग्रह गरे।
न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इजरायललाई अब युद्ध अन्त्य गर्ने समय आएको सन्देश दिएका छन्। उनले इरानलाई पनि आफ्ना छिमेकी देशहरूमाथि आक्रमण बन्द गर्न आग्रह गरेका हुन्।
पत्रकारहरूसँग कुरा गर्दै गुटेरेसले हालै लेबनान भ्रमणका क्रममा त्यहाँका नागरिकहरूले भोगिरहेको चरम असुरक्षालाई नजिकबाट नियालेको र त्यो अवस्था अत्यन्तै डरलाग्दो रहेको बताए। महासचिव गुटेरेसले लेबनानमा भइरहेको युद्ध पनि तत्काल रोकिनुपर्नेमा जोड दिए।
उनले सशस्त्र समूह हेजबुल्लाहलाई इजरायलमाथि आक्रमण नगर्न र इजरायललाई पनि लेबनानमा आफ्ना सैन्य कारबाही र हवाई हमलाहरू बन्द गर्न आह्वान गरे। उनले गाजामा देखिएको विनाशकारी मोडल लेबनानमा दोहोरिन नहुने भन्दै विश्व समुदायलाई सचेत गराए।
उनका अनुसार युद्धले केवल विनाश मात्र निम्त्याइरहेको छ र यसलाई रोक्न अब ढिला भइसकेको छ। लेबनान र इजरायलको सीमा क्षेत्रमा बढ्दै गएको सैन्य तनावले समग्र मध्यपूर्वको शान्तिलाई नै खतरामा पारेको उनको बुझाइ छ।
गुटेरेसले युद्धरत सबै पक्षलाई संयमित बन्न र कूटनीतिक बाटोबाट समस्याको समाधान खोज्न पटक–पटक आग्रह गरिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण