घाइते एलिसको स्थानमा चेन्नाईले भित्र्यायो स्पेन्सर जोन्सन
सारांश
- चेन्नई सुपर किंग्सले आईपीएल २०२४ का लागि घाइते नाथन एलिसको स्थानमा स्पेन्सर जोन्सनलाई टिममा लियो।
- जोन्सन ढाडको चोटका कारण सुरुवाती खेलहरू गुमाउनेछन्, तर अप्रिल २१-२३ तिर टिममा सहभागी हुनेछन्।
- जोन्सन यसअघि गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबाट खेलिसकेका छन्, र उनी १.५ करोडमा अनुबन्धित भए।
चेन्नई । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ का लागि चेन्नाई सुपर किंग्स (सीएसके) ले घाइते नाथन एलिसको स्थानमा अस्ट्रेलियाली तीव्र गतिका बलर स्पेन्सर जोन्सनलाई टोलीमा अनुबन्ध गरेको छ। घरेलु एकदिवसीय कपको फाइनल खेलका क्रममा ह्यामस्ट्रिङ चोट बल्झिएपछि एलिस प्रतियोगिताबाट बाहिरिएका हुन्।
चेन्नाईले जोन्सनलाई १ करोड ५० लाख भारतीय रुपैयाँमा आफ्नो टिममा भित्र्याएको हो। तर, ढाडको चोटबाट निको हुँदै गरेका कारण जोन्सन अप्रिल २१ देखि २३ तारिख आसपासमा मात्रै टोलीमा सहभागी हुनेछन्।
जोन्सनको ढिलो आगमनका कारण उनले सिजनका सुरुवाती कम्तीमा चार खेलहरू गुमाउने निश्चित भएको छ। यसअघि कोलकाता नाइट राइडर्सबाट खेल्दा ढाडको समस्या झेलेका ३० वर्षीय जोन्सनले लामो समय मैदान बाहिर बिताएका थिए। उनका प्रशिक्षक रायन ह्यारिसले हालै जोन्सनको चोट निको हुँदै गएको र उनले बलिङ अभ्यास सुरु गरिसकेको जानकारी दिएका छन्।
जोन्सन यसअघि २०२४ मा गुजरात टाइटन्सबाट १० करोडमा बिक्री भएर चर्चामा आएका थिए भने गत सिजन उनी कोलकाता नाइट राइडर्समा आबद्ध थिए। यसपटकको अक्सनमा उनी बिकेका थिएनन् तर चोटका कारण टोलीमा खाली भएको स्थानमा उनलाई मौका मिलेको छ।
चेन्नाईको तीव्र बलिङ टोलीमा अब जोन्सनसँगै म्याट हेनरी, जेमी ओभरटन र ज्याक फाउल्क्स जस्ता विदेशी खेलाडीहरू रहेका छन्। भारतीय बलरहरूमा खलील अहमद, अंशुल कम्बोज र मुकेश चौधरीले चेन्नाईको बलिङ लाइनअप सम्हाल्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण