इरान युद्धले पोलिङमा लाभ नदिएपछि तत्काल चुनाव टार्न खोज्दैछन् नेतान्याहू
सारांश
- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु इरान-अमेरिका युद्धको असरले चुनाव टार्न बजेट पारित गर्न दौडधुपमा लागेका छन्।
- युद्धबाट अपेक्षित लाभ नभएपछि नेतन्याहुले चुनाव टार्न राजनीतिक सहयोगीलाई कोष उपलब्ध गराउँदै आगामी बजेट पारित गराउने प्रयास गरिरहेका छन्।
- जनमत सर्वेक्षणमा खासै परिवर्तन नआएकाले नेतन्याहुको गठबन्धनले बहुमत गुमाउने र विपक्षीलाई फाइदा पुग्ने देखिएको छ।
तेल अभिभ । अहिले चलिरहेको इरान–अमेरिका युद्धको असरले जनमत सर्वेक्षणहरूमा अपेक्षित लाभ नपाएको अवस्थामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु शीघ्र चुनाव टार्दै यस वर्षको बजेट पारित गर्न दौडधुप गरिरहेका छन् ।
युद्धको प्रारम्भिक दिनहरूमा नेतान्याहूको दक्षिणपन्थी गठबन्धनले अक्टोबर अघि चुनाव गराएर लाभ लिन सक्ने सम्भावना देखेको स्रोतले रायटर्सलाई बताएका थिए । तर चार हप्ता नाघ्दा पनि युद्धले इरानको धार्मिक नेतृत्वलाई उखेल्ने उद्देश्य पूरा गर्न सकेको छैन । यस्तोमा नेतान्याहू अब तत्काल चुनाव टार्न खोजिरहेका छन् ।
निर्वाचन गराउने एउटा तरिका भने संसदमा मार्च ३१ मा बजेट पारित नगराउनु हो । यसो गर्दा इजरायली कानून अनुसार ९० दिनभित्र निर्वाचन गराउनु पर्छ । इरान युद्धमा अमेरिका र इजरायलले एक पछि अर्को गर्दै शीर्ष इरानी अधिकारीहरूलाई मारिरहँदा नेतान्याहुका केही विश्वासपात्रले सार्वजनिक रुपमा जुनमा निर्वाचन गराउने भनेका थिए । तर युद्ध थालिएको झन्डै चार हप्ता हुँदा यसले इरानको धार्मिक शासकलाई गिराउने उद्देश्य पूरा गर्न सकेको छैन ।
यस्तोमा नेतन्याहु चुनाव टार्न खोजिरहेको नेतन्याहु सरकारका तीन सदस्यले बताएको भन्दै रोयटर्सले समाचार छापेको छ । यसका लागि बहुमत जुटाउन उनले आफ्नो राजनीतिक सहयोगीहरूलाई कोष उपलब्ध गराउने तिर लागेका छन् । आगामी हप्ताको म्यादभित्र वित्त समितिबाट बजेटलाई छिटो पारित गराउने ध्याउन्नमा नेतन्याहु रहेको बताइएको छ । नेतान्याहूले सन् २०२३ देखि सार्वजनिक रूपमा युद्धको समयमा चुनाव अगाडि तान्ने प्रस्ताव अस्वीकार गर्दै आएका छन् । “म आशा गर्छु सरकारले आफ्नो कार्यकाल पूरा गरोस् ... अर्थात् चुनाव सेप्टेम्बर वा अक्टोबरमा होस्,” उनले मार्च १२ मा पत्रकारहरूलाई भनेका थिए ।
युद्धले उनलाई गाजा विवादबाट ध्यान मोडाएर इरानविरुद्धको संयुक्त अभियानमा केन्द्रित गराएको भए पनि मतदाताको समर्थनमा ठुलो परिवर्तन आएको छैन । यरुशलमस्थित हिब्रु विश्वविद्यालयका राजनीतिक विज्ञ गिदोन राहतका अनुसार, करिब ४० प्रतिशत मतदाताले नेतान्याहूको गठबन्धनलाई समर्थन गरेका छन् । अरु ४० प्रतिशतको समर्थन विपक्षीलाई छ । बाँकी स्विंग भोट पनि नेतन्याहुतिर गएको छैन ।
हालको पोलिङ अनुसार लिकुड पार्टीले १२० सदस्य रहेको नेसेटमा २८ सिट जित्ने देखिएको छ । यो हालको ३४ सिटभन्दा कम हो । लिकुड सबैभन्दा ठूलो पार्टी भएपनि गठबन्धन बहुमत पाउने छैन । यो ५१ सिटमा सीमित हुने अनुमान छ । नेतन्याहुको रणनीति समय किन्नु भएको विशेषज्ञहरूले बताएका छन् । युद्ध लामो समयसम्म जारी रहँदा जनतामा थकान बढिरहेको छ, जसले पनि तत्काल चुनावको सम्भावना अझै कम बनाएको विश्लेषक भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण