ज्ञानेन्द्र शाहीको ‘थप’ शपथ– नष्ट हुन्छु, भ्रष्ट हुन्नँ
बिहीबार, १२ चैत २०८२, १६ : ०४
१
सारांश
- राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सिंहदरबारमा थप शपथ लिएका छन्।
- उनले 'बरु नष्ट हुन्छु, भ्रष्ट हुन्नँ, राष्ट्रका खातिर ज्यान दिन तयार छु' भने।
- प्रतिनिधि सभाका २७४ नवनिर्वाचित सांसदलाई ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाए।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले थप शपथ लिएका छन् । बिहीबार उनले सिंहदरबारमा थप शपथ लिएका हुन् ।
थप शपथ लिँदै उनले भने,‘बरु नष्ट हुन्छु, भ्रष्ट हुन्नँ, राष्ट्रका खातिर ज्यान दिन तयार छु’ । प्रतिनिधि सभाका २७४ जना नवनिर्वाचित सांसदहरूलाई बिहीबार सिंहदरबारमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
त्यसबाहेक सांसदहरूले थप शपथ लिने व्यवस्था समेत रहेको छ । त्यसमा शाहीले आफ्नो तर्फबाट शपथको छुट्टै व्यहोरा थपेर सचिवालयलाई बुझाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण