शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

अभूतपूर्व धक्का खायौँ तर हामी गलत छैनौँ : केपी ओली

बिहीबार, १२ चैत २०८२, १६ : ५२
बिहीबार, १२ चैत २०८२

सारांश

  • केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनको परिणाम अनपेक्षित र जादुमय भएको बताए।
  • ओलीले एमाले नबिग्रिएको र वैचारिक हिसाबले सही ठाउँमा रहेको दाबी गरे।
  • उनले पार्टीका सांसदहरूलाई पार्टीको विचारबाहेक अन्य विषयमा संसदमा नबोल्न निर्देशन दिए।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम अनपेक्षित, अपत्यारिलो र जादुमय देखिएको टिप्पणी गरेका छन् । बिहीबार नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहणपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेबाट निर्वाचित सांसदलाई सम्बोधन गर्दै ओलीले यो निर्वाचनमा अभूतपूर्व धक्का खाएको पनि बताए । 

‘निर्वाचन सकिएको छ । अहिले निर्वाचनको सन्दर्भ, निर्वाचन प्रक्रिया र परिणामको सन्दर्भमा धेरै टिप्पणी गर्ने बेला भएको छैन,’ पूर्व प्रधानमन्त्री ओलीले एमाले नबिग्रिएको पनि बताए । 

‘हामी बिग्रेका छैनौ, वैचारिक हिसाबले सही ठाउँमा छौँ, सांगठानिक हिसाबमा अलि कमजोरी भयो । हाम्रा सही नीतिमा भएको प्रहार झेल्न सकेनौ, तर अपराध गरेका होइनौ कमीकमजोरी भएका छन् ।’ ओलीले निर्वाचनको प्रसङ्ग कोट्याउँदै भने, ‘यो निर्वाचन अनपेक्षित, अस्वाभाविक, अपत्यारिलो र जादुमय छ ।’

घृणाको राजनीति गर्नेहरूलाई धेरैतिरको सहयोग भएको दाबी गर्दै ओलीले आफूहरूले राखेको दृष्टिकोण र अडान सही रहेको दाबी समेत गरे । 

उनले पार्टीका सांसदहरूलाई पार्टीले देशको विचार अघि बढाएकाले ती भन्दाबाहेक विषयमा संसदमा नबोल्न निर्देशन दिए । ‘हामी भ्रम फैलाउने होइन, जनतालाई सचेत बनाउने काममा हामी चुक्नु हुँदैन । अगाडि बढ्नुपर्छ,’ ओलीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप