एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज सुरु, ईभीप्रति ग्राहकको आकर्षण बढ्दो
काठमाडौँ । ग्राहकको उत्साहजनक सहभागितासहित एमएडब्लु वृद्धिको देशव्यापी ‘मेगा एक्सचेन्ज कार्निभल’ औपचारिक रूपमा सुरु भएको छ ।
कार्निभलमा लोकप्रिय विद्युतीय सवारी (इभी) ब्रान्डहरू दिपल, नामी, अवतार र सेरेसलाई एउटै प्लेटफर्ममा प्रस्तुत गरिएको छ । पहिलो दिनमै प्रविधिमै अब्बल र आकर्षक डिजाइनयुक्त इभीमा अपग्रेड हुन चाहने ग्राहकहरूको उल्लेख्य उपस्थिति देखिएको आयोजकले जनाएको छ ।
बिहीबारदेखि शनिबारसम्म सञ्चालन हुने यस मेगा एक्सचेन्ज काठमाडौंको सिल्भर ओक, पुल्चोकस्थित सस्कार फाइन डाइन, राधेराधेको हेरिटेज प्यालेस तथा काठमाडौंबाहिर दिपल र नामीका आ–आफ्ना सोरुममा आयोजना गरिएको छ ।
कार्निभलमा सहभागी ग्राहकले प्रत्यक्ष नगद छुट, पुराना सवारीसाधनको उच्चतम् बजार मूल्यांकन, आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क बीमा तथा चार्जिङ प्याकेज र नेपालकै सबैभन्दा लामो एक्स्टेन्डेड वारेन्टीजस्ता सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

पहिलो दिनमै देखिएको उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रियाले नेपालमा विद्युतीय सवारीप्रति बढ्दो आकर्षण झल्किएको छ । बढ्दो इन्धन मूल्य, वातावरणीय सचेतना र सहज एक्सचेन्ज सुविधाका कारण ग्राहकहरू कार्निभलप्रति आकर्षित भएका छन् ।
कार्यक्रमलाई थप आकर्षक बनाउन रोबोटिक शो, किड्स जोन, विभिन्न खेल तथा फुड स्टलसमेत राखिएको छ, जसले सबै उमेर समूहका आगन्तुकलाई मनोरञ्जनात्मक र अन्तरक्रियात्मक अनुभव प्रदान गरिरहेको कम्पनीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण