कोइलाबाट चल्ने ऊर्जा केन्द्रमाथिको प्रतिबन्ध खुकुलो पार्दैछ जापान
शुक्रबार, १३ चैत २०८२, ११ : १२
सारांश
- जापान सरकारले पश्चिम एसियाको युद्धका कारण ऊर्जा संकट टार्न कोइलाबाट चल्ने विद्युत उत्पादनमाथिका प्रतिबन्ध हटाउने भएको छ।
- उद्योग मन्त्रालयका अधिकारीका अनुसार यो योजना शुक्रबार बिहान ११ बजे विज्ञ समूहको बैठकमा प्रस्तुत हुनेछ।
- पश्चिम एसियामा जारी द्वन्द्वले विश्वव्यापी ऊर्जा आपूर्तिमा असर पार्दा जापानजस्ता देशहरूमा दबाब बढेको छ।
टोकियो । पश्चिम एसियामा जारी युद्धका कारण उत्पन्न ऊर्जा सङ्कटलाई सहज बनाउन जापान सरकारले कोइलाबाट चल्ने विद्युत् उत्पादन माथिका केही प्रतिबन्ध अस्थायी रूपमा हटाउने तयारी गरेको छ ।
जापानको उद्योग मन्त्रालयका अधिकारी ताकाहिदे सोएदाले एएफपी समाचार एजेन्सीसँग कुरा गर्दै यससम्बन्धी खबरहरू सही भएको पुष्टि गरेका छन् ।
उनका अनुसार उक्त योजना शुक्रबार बिहान ११ बजे सुरु हुने विज्ञ समूहको बैठकमा औपचारिक रूपमा प्रस्तुत गरिनेछ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण विश्वव्यापी रूपमा ऊर्जा आपूर्ति प्रभावित हुँदा जापानजस्ता आयातमा निर्भर देशहरूमा दबाब बढेको छ ।
यस्तो अवस्थामा तत्काल ऊर्जा आपूर्ति सुनिश्चित गर्न कोइलामा आधारित विद्युत् उत्पादनलाई पुनः प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको अधिकारीहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण