बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

बालेन क्याबिनेटमा गण्डकीलाई शक्तिशाली तीन मन्त्रालय

शुक्रबार, १३ चैत २०८२, ११ : ३७
शुक्रबार, १३ चैत २०८२

सारांश

  • गण्डकी प्रदेशले गृह, अर्थ र पर्यटन मन्त्रालयको जिम्मेवारी पाएको छ।
  • सुदन गुरुङ गृहमन्त्री, डा. स्वर्णिम वाग्ले अर्थमन्त्री र खडकराज पौडेल पर्यटनमन्त्री बनेका छन्।
  • पोखराले ६ वर्षपछि पर्यटन मन्त्रालय पाएको छ, तर रवि पक्ष क्याबिनेटमा कमजोर देखिएको छ।

पोखरा । विगतका केही चुनावयता गण्डकीले राजनीतिक पहुँच गुमाउँदै गएको थियो । खासगरी २०६४ यता गण्डकीले केन्द्रमा पहुँच देखाउन सकेको थिएन । त्यसो त, गोरखा २ बाट निर्वाचित २ जना प्रधानमन्त्री बने । तर समग्र प्रदेशले प्रभाव जमाउन सकेन । अहिले पनि धेरैले गण्डकीको राजनीतिक पहुँच खस्किएको आकलन गरिरहेका थिए । 

अहिले भने गण्डकीले ३ महत्त्वपूर्ण र शक्तिशाली मन्त्रालयको जिम्मा पाएको छ । शक्तिशाली गृह मन्त्रालय, अर्थ मन्त्रालय र पर्यटन मन्त्रालय गण्डकीले पाएको हो । गोरखा–१ बाट निर्वाचित सांसद सुदन गुरुङ गृहमन्त्रीमा पक्का भएका छन् । तनहुँ–१ बाट निर्वाचित गोरखाका डा.स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने भएका छन् । 

पोखराले ६ वर्षपछि पर्यटन मन्त्री पनि पाएको छ । २०७४ मा निर्वाचित कास्की–२ का रवीन्द्र अधिकारी पर्यटनमन्त्री नियुक्त भएका थिए । हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएपछि पोखराले पर्यटन पाएको थिएन । अहिले पुनः पर्यटनको जिम्मा पोखराले पाएको छ । कास्की१ बाट निर्वाचित खडकराज पौडेल (गनेस) पर्यटनमन्त्री बनेका हुन् । 

गण्डकीका १८ निर्वाचन क्षेत्रमध्ये बहुमत जितेको रवि पक्ष क्याबिनेटमा गण्डकीबाट कमजोर देखिएको छ । २ मन्त्रालय बालेन पक्षबाट बाँडफाँट हुँदा छुट्टै गुट जन्माएका स्वर्णिम अर्थमन्त्री बनेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप