शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

आइसल्याण्ड पठाउने नाममा ३५ लाखभन्दा बढी ठगी

शुक्रबार, १३ चैत २०८२, १६ : ०८
शुक्रबार, १३ चैत २०८२

सारांश

  • आइसल्याण्ड पठाउने प्रलोभन देखाएर एक व्यक्तिले ३५ लाख ५० हजार रुपैयाँ ठगी गरे।
  • पीडितको उजुरीपछि प्रहरीले काठमाडौँबाट २८ वर्षीय मनोज दाहाललाई पक्राउ गर्यो।
  • दाहाललाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ।

काठमाडौँ । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर आइसल्याण्ड पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं महानगरपालिका-७ बस्दै आएका इलाम नगरपालिका-१ घर भएका २८ वर्षीय मनोज दाहाललाई बुधबार प्रहरीले पक्राउ गरेको हो। 

दाहालले एक जना पीडितलाई आइसल्याण्ड पठाउने विश्वास दिलाएर पटक-पटक गरी ३५ लाख ५० हजार रुपैयाँ असुल गरेको खुलेको छ। रकम लिएपछि पीडितलाई विदेश नपठाई उनी लामो समयदेखि सम्पर्कविहीन बनेका थिए। 

आफू ठगिएको महसुस गरेपछि पीडितले दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनको खोजी सुरु गरेको थियो। प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२६ बाट फेला पारेर नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दाहाललाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप