प्रधानमन्त्री शाहको पुर्ख्यौली गाउँमा बाँडियो लड्डु
सारांश
- महोत्तरीको एकडारा गाउँपालिकामा प्रधानमन्त्री बालेन शाहको नियुक्तिमा खुसीयाली मनाइयो।
- स्थानीयले मिठाई बाँडेर र पटाका पड्काएर दीपावली मनाए, साथै गर्व र उत्साह व्यक्त गरे।
- स्थानीयले बालेनको सरल, इमान्दार र सहयोगी स्वभावको प्रशंसा गरे।
महोत्तरी । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पुर्ख्यौली गाउँ महोत्तरीको एकडारा गाउँपालिकामा खुसीयाली मनाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता समेत रहेका शाह प्रधानमन्त्रीमा नियुक्त भएसँगै पुर्ख्यौली गाउँमा दीपावली गरेर खुसीयाली मनाइएको हो ।
शाह प्रधानमन्त्री भएको अवसरमा स्थानीयले मिठाई बाँड्नुका साथै पटाका फोडेर दीपावली मनाएका छन् । आफ्नै गाउँको तथा मधेसी मूलको छोरो मुलुकको सर्वोच्च कार्यकारी पदमा पुगेपछि स्थानीयहरूमा गर्व र उत्साह दुवै झल्किएको छ । बालेनको परिवारसँग लामो समयदेखि सम्बन्ध रहँदै आएका स्थानीयहरूले उनको स्वभाव सरल, इमान्दार र सहयोगी रहेको बताउँछन् ।
एक स्थानीयले भने ,‘मुलुकमा भ्रष्टाचार र अनियमितता व्याप्त भइरहेको बेला विकास र सुशासनको मोडेल काठमाडौँ महानगरको कार्यसम्पादनबाट देखाइसक्नुभएको उहाँ आज प्रधानमन्त्री हुँदा हामी निकै खुसी छौँ । हामी आज यही खुसीयालीमा दीपावली मनाइरहेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण