ओली र लेखकलाई नियन्त्रणमा लिइँदै
सारांश
- पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न प्रहरीले तयारी गरेको छ।
- नक्सालस्थित आइजीपी निवासमा गृहमन्त्री, आइजीपी र सशस्त्र प्रहरी प्रमुखबीच पक्राउबारे छलफल भएको थियो।
- नयाँ सरकार गठन भएलगत्तै गौरीबहादुर कार्कीको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएको थियो।
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गर्न लागेको छ । प्रहरी उच्च स्राेतका अनुसार तत्कालीन प्रधानमन्त्री ओली र लेखकलाई जरुरी पक्राउ पुर्जी जारी गर्दै नियन्त्रणमा लिइने तयारी भइरहेकाे हाे ।
गए राति नक्सालस्थित आइजीपीकौ निवासमा गृहमन्त्री सुधन गुरुङ, नेपाल प्रहरी आइजीपी दानबाहादुर कार्की र सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालबिच उनीहरूलाई पक्राउ गर्नेबारे छलफलभएको थियो । अहिले भक्तपुरको गुण्डुस्थित ओली निवास र कटुन्जेस्थित लेखकको निवासमा प्रहरी पुगेको छ ।
शुक्रबार नयाँ सरकार गठन भए लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयपछि गृहमन्त्री सुधन गुरुले रातभर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरूसँग निरन्तर छलफल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण