आईपीएल : सुखद सुरुवात गर्ने लक्ष्यमा पाँच पटकको विजेता मुम्बई
सारांश
- मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच आइतबार आईपीएल टी-२० क्रिकेट प्रतिस्पर्धा हुँदैछ।
- खेल मुम्बईको वानखेडे स्टेडियममा नेपाली समयअनुसार साँझ ७:४५ मा सुरु हुनेछ।
- मुम्बई सन् २०२० यता आईपीएलको उपाधि जित्न सकेको छैन भने कोलकाताले सन् २०२४ मा उपाधि जितेको थियो।
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत दोस्रो दिनको खेलमा पाँच पटकको विजेता टोली मुम्बई इन्डियन्सले आज (आइतबार) कोलकाता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दैछ ।
वानखेडे क्रिकेट स्टेडियममा हुने दुई टोलीबिचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ । घरेलु मैदानमा हुन लागेको खेलमा हार्दिक पाड्याको कप्तानीमा रहेको मुम्बई सहज जित निकाल्दै प्रतियोगिताको सुरुवात गर्ने योजनामा हुनेछ ।
मुम्बईले सन् २०२० यता आईपीएलको उपाधि जित्न सकेको छैन । यता, अजिंक्य रहाने तीन पटकको विजेता टोली कोलकाता पनि सहज जितको खोजीमा हुनेछ । कोलकाताले अन्तिम पटक सन् २०२४ मा आईपीएलको उपाधि जितेको थियो ।
आईपीएलको इतिहासमा यी दुवै टोली बलियो भएर प्रस्तुत हुने गर्दछन् । अघिल्लो सिजन कोलकाताका लागि प्रतियोगिता सम्झन लायक रहेन ।
कोलकाता १४ खेलमा १२ अंक जोड्दै प्रतियोगिताको लिग चरणबाट बाहिरिएको थियो । यता, मुम्बई दोस्रो क्वालिफायरमा पञ्जाब किङ्ससँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण