बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इरानका लागि रुसले गरेको हो अमेरिकी सैन्य आधारमा निगरानी ?

आइतबार, १५ चैत २०८२, १६ : ०१
आइतबार, १५ चैत २०८२

किभ । रुसले पश्चिम एसिया र खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूको निगरानी गरी इरानलाई जानकारी उपलब्ध गराएको दाबी युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले गरेका छन् ।

जेलेन्स्कीका अनुसार यस हप्तामात्र सात स्थानमा निगरानी वा तस्बिर खिच्ने काम गरिएको छ । ती स्थानहरूमा कुवेत, साउदी अरब, टर्की र कतारमा रहेका अमेरिकी, पश्चिम एशियाली तथा बेलायती सैन्य अड्डाहरू समावेश रहेको बताइएको छ । हिन्द महासागरस्थित डियगो ग्रेसियामा रहेको अमेरिकी–बेलायती संयुक्त सैन्य अड्डा पनि निगरानीमा परेको उनले बताएका छन् ।

अमेरिकी अधिकारीहरूले भने गत साता इरानले डिएगो गार्सियातर्फ दुई मध्यम दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताएका छन् । ती क्षेप्यास्त्र निशानामा नलागे पनि यसले इरानको लामो दूरी प्रहार क्षमताको संकेत दिएको दियो । ‘यो अनौठो छ,’ जेलेन्स्कीले टेलिग्राममा प्रतिक्रिया दिँदै भने, ‘प्रतिबन्धहरू खुकुलो बनाइँदैछन्, र जसले प्रतिबन्ध हटाउनेबारे कुरा गरिरहेका छन वा हटाइसकेका छन् आक्रमणकारीले ती देशहरू समेतको लक्ष्य निर्धारण गर्न जानकारी दिइरहेको छ,’ हालै अमेरिकाले रुसी तेलको विक्रीमा अस्थायी छूट दिएका थिए । जेलेन्स्कीले यस टिप्पणीमार्फत सोही प्रसंगतर्फ संकेत गरेका थिए ।

यस विषयमा अमेरिकी रक्षा मन्त्रालयले गुप्तचर विषयमा टिप्पणी नगर्ने जनाएको छ । उता, अमेरिकी खुफिया विवरणसँग परिचित स्रोतहरूका अनुसार रुसले अमेरिकी सैन्य संरचनाको स्थान र गतिविधिबारे जानकारी इरानलाई उपलब्ध गराउँदै आएको छ । एक पश्चिमी खुफिया अधिकारीका अनुसार रुसले इरानलाई विशेषगरी शाहेद ड्रोनमार्फत लक्ष्य निर्धारणमा रणनीतिक सल्लाहसमेत दिइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप