काेशी प्रदेशसभा बैठकमा वातावरण समितिको प्रतिवेदन प्रस्तुत
आइतबार, १५ चैत २०८२, १७ : ३४
विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘ उद्योग, पर्यटन तथा वातावरण समितिको आर्थिक वर्ष २०८१/८२ वार्षिक प्रतिवेदन पेस भएको छ । प्रतिवेदन समितिका सभापति रामदेव यादवले पेस गरेका हुन्।
सभाको शून्य र विशेष समयमा कोशी प्रदेश सभा सदस्यहरुले उठाएका जिज्ञासामा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जेन्जी पुस्ताको आन्दोलनबाट प्रदेश सरकार मातहतमा रहेका संरचनामा कुल रु ७६ करोड ९५ लाखको क्षति भएको जानकारी दिए ।
उनले गएको असोज १८ गतेको बाढी र पहिरोबाट इलाम र ताप्लेजुङमा भएको क्षतिको पुनर्निर्माणका निम्ति स्थापना भएको पुनःनिर्माण कोषमा रु १५ करोड दाखिला भएको बताए ।
कोषमा मौज्दात रकमबाट इलाम र ताप्लेजुङमा यसवर्ष मनसुनजन्य विपत्ति रोक्ने पूर्वाधारमा लगानी गरिने जानकारी उनले दिए ।
प्रदेशसभाको अर्को बैठक यही चैत १७ गते अपराह्न १ः०० बजे हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण