बालश्रम शोषणको आरोपमा लुम्बिनीकी प्रदेश सांसद रेखा शर्मा पक्राउ
सोमबार, १६ चैत २०८२, ०० : ५६
सारांश
- लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा बालश्रम शोषणको आरोपमा पक्राउ परेकी छिन्।
- उनलाई काठमाडौँको धुम्बाराहीस्थित निवासबाटै पक्राउ गरिएको हो।
- प्रहरीले सांसद शर्मालाई बालबालिका सम्बन्धी ऐनअन्तर्गत अनुसन्धान गर्दैछ।
काठमाडौँ। केही वर्षअघि घरबाट बालिका उद्धार गरिएको घटनामा मुछिएकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा बालश्रम शोषणको आरोपमा पक्राउ परेकी छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार राति काठमाडौँको धुम्बाराहीस्थित निवासबाटै पक्राउ गरेको हो ।
एमालेबाट निर्वाचित सांसद शर्मामाथि नाबालिकालाई घरेलु श्रममा लगाएर बालबालिकाविरुद्धको कसुर गरेको गम्भीर आरोप छ । यसअघि काठमाडौँ महानगरपालिकाले उनको घरबाट बालिकाको उद्धार गरेपछि यो विषय चर्चामा आएकाे थियो ।
प्रहरीले सांसद शर्मालाई पक्राउ गरी बालबालिका सम्बन्धी ऐनअन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजबारे इरानको अडान कायमै, अमेरिकासँग प्रत्यक्ष वार्ता अस्वीकार
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण