प्रदेश सांसदले बालिकालाई बन्धक बनाएर श्रमशोषण गरेको भनिएको घटनामा अनुसन्धान सुरु
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले प्रदेश सांसदले बालिकालाई बन्धक बनाएर श्रमशोषण गरेको भनिएको घटनामा अनुसन्धान सुरु गरेको जनाएको छ । आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले बुधबार जारी गरेको विज्ञप्तिमा दाङ जिल्ला निवासी एक बालिकालाई लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माले ६ वर्षसम्म बन्धक बनाई श्रमशोषण गरेको भनिएको घटनामा अनुसन्धान सुरु गरिएको बताएका हुन् ।
शर्मालाई उन्मुक्ति दिएको भन्दै सञ्चार माध्ययममा प्रकाशित समाचार पछि आयोगले स्व–विवेकीय क्षेत्राधिकार प्रयोग गरी छानविन तथा अनुसन्धान प्रारम्भ गरेको उनको भनाइ छ ।
सो क्रममा उच्च सरकारी वकील कार्यालय पाटन र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा पत्राचार गरी नेपाल प्रहरीबाट सरकारी वकील कार्यालयसमक्ष पेश गरेको राय सहितको प्रतिवेदन समेत सात दिनभित्र उपलब्ध गराउन आयोगले आजै पत्राचार गरेको उनले बताए ।
शर्माले राजधानीको धुम्बाराहीस्थित निजी निवासमा बालिकालाई ६ वर्षदेखि बन्धक बनाएर श्रम शोषण गरेको आरोप छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण