बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सोमबार, १६ चैत २०८२, १० : ४८
सोमबार, १६ चैत २०८२

सारांश

  • आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ।
  • सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
  • चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैयाँले ओरालो लागेको हो ।

महासंघका अनुसार आज बजारमा सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात् हिजो (सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार रुपैयाँ रहेको थियो ।

त्यसैगरी, आज १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ५५ रुपैयाँ कायम गरिएको छ । हिजो १० ग्राम सुनको मूल्य २ लाख ४५ हजार २ सय रुपैयाँ तोकिएको थियो ।

सुनसँगै आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 हिजो चाँदी प्रतितोला ४ हजार ७ सय २० रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो १० ग्राम चाँदीको मूल्य ४ हजार ४७ रुपैयाँ रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप