इरान–अमेरिका तनाव चुलिँदा ११६ डलर नाघ्यो तेलको भाउ
सारांश
- कच्चा तेलको मूल्य फेरि बढेर प्रति ब्यारेल ११६ डलर नाघेको छ, जुन मार्च १९ पछिकै उच्च हो।
- अमेरिका-इजरायल र इरानबीचको द्वन्द्व बढ्दै जाँदा इरानले अमेरिकालाई भू-आक्रमणको चेतावनी दिएपछि तेल बजार त्रस्त बनेको छ।
- इरानले स्ट्रेट हर्मुज बन्द गरेपछि विश्वभर ऊर्जा आपूर्तिमा असर परेको छ, जसले दशककै ठूलो ऊर्जा संकट निम्त्याएको छ।
न्यूयोर्क । विश्व बजारमा कच्चा तेलको मूल्य फेरि तीव्र रूपमा उकालो लागेको छ । सोमबार बिहान तेलको अन्तर्राष्ट्रिय मापदण्ड ब्रेन्ट क्रुडको भाउ ३ प्रतिशतभन्दा बढीले बढ्दै प्रति ब्यारेल ११६ डलर नाघेको छ ।
यो मूल्य मार्च १९ पछि कै उच्च हो । त्यतिबेला केही समयका लागि तेलको भाउ ११९ डलरसम्म पुगेको थियो । यो वृद्धि अमेरिका–इजरायल र इरानबिचको द्वन्द्व झन् चर्किँदै गर्दा आएको हो । इरानले अमेरिका भू–आक्रमणको तयारीमा रहेको आरोप लगाउँदै आफू पनि त्यसका लागि तयार रहेको जनाएपछि तेल बजार त्रस्त बनेको छ । इरानी संसदका सभामुखले अमेरिकी सेना आए आगो लगाइदिने र उसका क्षेत्रीय साझेदारलाई दण्डित गर्ने चेतावनी दिएका थिए ।
सप्ताहन्तमा द्वन्द्व थप गहिरिँदै गएको देखिएको छ । इरान समर्थित हुथी विद्रोहीले पहिलो पटक इजरायलमाथि मिसाइल प्रहार गरेको छ भने इजरायलले दक्षिणी लेबनानमा आफ्नो सैन्य कारबाही विस्तार गरेको छ । यसैबिच, स्ट्रेट हर्मुज इरानले ठप्प प्रायः गरेपछि विश्वभर ऊर्जाको आपूर्तिमा ठुलो असर परेको छ । यो स्ट्रेट भएर विश्वको झन्डै २० प्रतिशत तेल र तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) आपूर्ति हुने भएकाले यसको अवरोधले दशककै ठुलो ऊर्जा संकट निम्त्याएको बताइएको छ । युद्ध सुरु भएयता तेलको मूल्य करिब ६० प्रतिशतले बढिसकेको छ, जसले विश्वभर इन्धन मूल्य महँगो बनाएको छ ।
धेरै देशहरूले ऊर्जा बचतका लागि आपतकालीन उपायहरू लागू गर्न थालेका छन् । एसियाली सेयर बजारमा पनि यसको असर देखिएको छ । सोमबार जापानको निक्केई २२५ र दक्षिण कोरियाको कोस्पी परिसूचक ४ प्रतिशतभन्दा बढीले घटेका छन् । अप्रिल ६ सम्म इरानले स्ट्रेट अफ हर्मुजमा आफ्नो नियन्त्रण नछोडेमा इरानको ऊर्जा संरचना पूर्ण रूपमा ध्वस्त पार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन् । स्ट्रेटमा मा जहाज आवागमन सामान्य अवस्थामा नफर्केसम्म तेलको मूल्य अझै बढ्ने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण