निजी क्षेत्रको विकासका लागि सर्वसम्मत नेतृत्व र व्यावसायिक सुरक्षा अपरिहार्य : अध्यक्ष ढकाल
सारांश
- चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको वृद्धिका लागि सर्वसम्मत नेतृत्व र व्यावसायिक सुरक्षा आवश्यक रहेको बताए।
- उनले आफ्नो कार्यकालको सफलताको रूपमा 'प्राइभेट सेक्टर प्रोटेक्सन एण्ड प्रमोसन प्लान' प्रस्तुत गरे, जसलाई सरकारले कार्यान्वयन गर्ने निर्णय गरेको छ।
- ढकालले महासंघभित्रको गुटबन्दी अन्त्य गरी सबैलाई एकजुट हुन र निजी क्षेत्रको समस्या समाधानमा लाग्न आग्रह गरे।
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको श्रीवृद्धि र समृद्धिका लागि सर्वसम्मत नेतृत्व र व्यावसायिक सुरक्षा आवश्यक रहेको बताएका छन्। महासङ्घको ६० औँ साधारण सभाअन्तर्गत वस्तुगततर्फका कार्यकारिणी समिति सदस्यहरूको उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै उनले आगामी नेतृत्व चयनमा सकेसम्म सहमतिको बाटो रोज्न जोड दिएका हुन् ।
आफू पनि विगतमा विभिन्न पदमा सर्वसम्मत निर्वाचित भएको स्मरण गर्दै उनले प्रदेशहरूमा समेत सहमतिको लहर सुरु भइसकेको जानकारी दिए। आफ्नो कार्यकालको उपलब्धिका रूपमा ढकालले ‘प्राइभेट सेक्टर प्रोटेक्सन एण्ड प्रमोसन प्लान’ लाई मुख्य सफलताका रूपमा प्रस्तुत गरे। वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले नै यो रणनीतिक योजना कार्यान्वयन गर्ने निर्णय गरिसकेको उनले बताए।
निर्वाचनका उम्मेदवारहरूलाई सुझाव दिँदै उनले अरूको आलोचना गरेर भन्दा पनि आफ्ना एजेण्डा र क्षमता प्रस्तुत गरेर मत माग्न आग्रह गरे। नेतृत्वमा पुग्न इमानदार प्रयास र पवित्र भावना हुनुपर्ने भन्दै उनले कर्म गरे फल स्वतः प्राप्त हुने विश्वास व्यक्त गरे।
कुनै ठुलो व्यावसायिक विरासत नभए पनि कडा मिहिनेत र इमानदारिताकै कारण आफू महासङ्घको नेतृत्वमा पुग्न सफल भएको ढकालको भनाइ थियो। निजी क्षेत्र नाफा कमाउने समूह मात्र नभई ८६ प्रतिशतभन्दा बढी रोजगारी सिर्जना गर्ने र मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ८१ प्रतिशतसम्म योगदान पुर्याउने मुख्य खम्बा भएको उनले उल्लेख गरे।
शिक्षण संस्थाहरू जस्तै व्यावसायिक प्रतिष्ठानहरूलाई पनि सुरक्षित क्षेत्रका रूपमा हेरिनुपर्ने र राज्यको दृष्टिकोणमा परिवर्तन आउनुपर्नेमा उनले जोड दिए।अध्यक्ष ढकालले महासङ्घभित्रको गुटबन्दी अन्त्य गरी सबै पदाधिकारी र सदस्यहरूलाई एकजुट हुन आग्रह गरे।
एउटा प्रदेशमा सर्वसम्मत नेतृत्व घोषणा हुन बाँकी रहेको र यस्तो सकारात्मक सन्देश केन्द्रसम्म पुग्नुपर्ने उनको तर्क थियो। आगामी दिनमा पनि निजी क्षेत्रका समस्याको पैरवी र व्यावसायिक गतिविधि विस्तारमा महासङ्घ सधैँ तत्पर रहने प्रतिबद्धता उनले व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
-
चितवनमा कृष्णसार स्थानान्तरण गर्ने तयारी अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण