चोरहरूले १२ टन किटक्याट बार चोरेपछि
सारांश
- युरोपमा १२ टनभन्दा बढी किटक्याट चकलेट चोरी भएको घटना सार्वजनिक भएको छ, जुन इटालीबाट पोल्याण्डतर्फ ढुवानी हुँदै थियो।
- चोरीमा ४ लाख १३ हजार ७९३ वटा चकलेट बार संलग्न थिए, जसलाई नेस्लेले उत्पादन गरेको थियो र ब्याच नम्बरबाट पहिचान गर्न सकिनेछ।
- कम्पनीले स्थानीय अधिकारी र आपूर्ति साझेदारहरूसँग मिलेर अनुसन्धान गरिरहेको छ, र यस घटनाले मालसामान चोरीको बढ्दो समस्यालाई उजागर गरेको छ।
लन्डन । युरोपमा ठूलो परिमाणमा चकलेट चोरी भएको घटना सार्वजनिक भएको छ । यस घटनामा करिब १२ टन तौलका ४ लाखभन्दा बढी ‘किटक्याट’ बार चोरी भएको समाचारमा उल्लेख छ ।
किटक्याटका अनुसार नेस्लेद्वारा उत्पादन गरिएको उक्त चकलेट इटालीको केन्द्रीय क्षेत्रमा रहेको कारखानाबाट पोल्यान्डतर्फ ढुवानी भइरहेको ट्रकबाट चोरी गरिएको हो । ट्रक र त्यसमा रहेका सबै सामग्री हालसम्म फेला परेका छैनन् ।
कम्पनीले जारी गरेको वक्तव्यअनुसार कुल ४ लाख १३ हजार ७९३ वटा चकलेट बार चोरी भएका छन् । प्रत्येक बारमा रहेको ब्याच नम्बरमार्फत तिनीहरूको पहिचान गर्न सकिने भएकाले कसैले फेला पारेमा कम्पनीलाई जानकारी गराउन अनुरोध गरिएको छ । कम्पनीले स्थानीय अधिकारीहरू र आपूर्ति साझेदारहरूसँग मिलेर अनुसन्धान जारी रहेको जनाएको छ।
यस घटनासँगै मालसामान चोरी बढ्दो क्रममा रहेको पनि उल्लेख गरिएको छ । संयुुक्त विज्ञप्तिमा अन्तर्राष्ट्रिय समुद्री बीमा संघ र ट्रान्सपोर्टेड सम्पत्ति संरक्षण संघले कार्गाे चोरी र ढुवानी ठगीका घटना बढ्दै गएको र झन जटिल बन्दै गइरहेको निष्कर्ष निकालेको छ ।
कम्पनीले व्यंग्यात्मक रूपमा भनेको छ, ‘हामीले सधैं मानिसहरूलाई किटक्याटको साथमा ‘ब्रेक लिनुस्’ भनेका थियौं, तर चोरहरूले सन्देशलाई धेरै नै गम्भीर रूपमा लिएको जस्तो देखिन्छ, उल्टै १२ टनभन्दा बढी चकलेट नै चोरेर भागे ।’
यस घटनाले उपभोक्ताको सुरक्षामा कुनै असर नपर्ने अनि आपूर्ति प्रणाली पनि प्रभावित नभएको कम्पनीले भनेको छ । यसअघि पनि युरोपमा यस्तै घटना भएको थियो ।
सन २०२३ मा जबी पूल नाम गरेका एक व्यक्तिले करिब २ लाख वटा क्याडबरी क्रिम एग्ज चोरी गरेको आरोपमा १८ महिना जेल सजाय पाएका थिए । पूलले औद्योगिक एकाईभित्र छिरेर ती परिणाममा चकलेट चोरेर ट्रकमा हालेर भागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण