स्ट्रेट अफ हर्मुज जसरी पनि खोलिन्छः मार्को रुबियो
सारांश
- अमेरिकी विदेशमन्त्री रुबियोले हर्मुज स्ट्रेट खोल्न जोड दिए, प्रत्यक्ष वार्ता वा मध्यस्थतामार्फत संवाद भइरहेको बताए।
- इरानमाथि आक्रमणपछि तेल बजारमा असर परेको छ, अमेरिकाले स्थल सैनिक पठाउने सम्भावनाबारे चर्चा छ।
- अमेरिकाले इरानमा शासन परिवर्तन चाहेको थियो, तर खामेनीको निधनपछि पनि लक्ष्य हासिल हुन सकेन।
वासिङटन डीसी । अमेरिकी–इजरायली युद्धको अन्त्यपछि स्ट्रेट अफ हर्मुज जुनसुकै तरिकाले पनि खुलाइने अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले अल जजिरासँगको अन्तर्वार्तामा दाबी गरेका छन् ।
सोमबार गरिएको विशेष अन्तर्वार्तामा रुबियोले यस विषयमा अमेरिकी–इरानी सीधा वार्ता वा मध्यस्थता मार्फत सन्देश आदानप्रदान भइरहेको जानकारी दिएका छन् । ‘खास गरेर मुख्यतया मध्यस्थकर्तामार्फत इरानभित्रका र अमेरिकासम्बद्ध केही व्यक्तिहरूबीच केही प्रत्यक्ष संवादहरू भइरहेको छ,’ उनले भने ।
स्ट्रेट अफ हर्मुजको प्रभावकारी रुपमै ठप्पप्रायः भएपछि विश्वको तेल बजारमा व्यापक असर देखिएको छ । अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण सुरु गरेयता अमेरिकाले स्थल सैनिक पठाउने सम्भावनामा पनि चर्चा बढ्दै गएको छ । ट्रम्प प्रशासनको प्राथमिकता कूटनीति रहेको अनि कूटनीति र परिणाम सधैं चाहिने कुरा पनि उनले दोहोर्याए । ‘हामीले यो पहिले नै गर्न सक्थ्यौँ,’ उनले भने ।
इरानको आणविक कार्यक्रम नियन्त्रण गर्न ट्रम्प प्रशासनले अप्रत्यक्ष वार्ता गरेको थियो । गत वर्ष जुनमा इजरायल–इरान १२–दिने युद्धका कारण वार्ता विफल भएको थियो, जसपछि अमेरिकी आक्रमणले इरानको आणविक केन्द्रहरूलाई निशाना बनाएर आक्रमण गरेको थियो । अहिलेको युद्ध सुरु हुँदा दोस्रो चरणको कूटनीतिक प्रयास चलिरहेको थियो । अमेरिकाले इरानमा शासन परिवर्तन चाहेको थियो ।
अमेरिका–इजरायलको पहिलो दिनकै आक्रमणमा इरानी सर्वोच्च नेता आयतुल्ला अली खामेनीको हत्या भएको थियो । खामेनीको निधनपछि उनका माइला छोरा मोज्तबा खामेनी सर्वोच्च नेता बनेका छन् ।
खामेनी आफ्ना पिता जत्तिकै कट्टर भएकोले खामेनी मारिएपनि अमेरिकाको यो लक्ष्य हासिल भएन । मोज्तबा आएपछि इरानभित्र कसरी निर्णयहरू भइरहेका छन् भन्नेमा अमेरिका स्पष्ट हुन सकेको छैन । इरानी शासकमै समस्या रहेको भन्दै रुबियोले भविष्यबारे फरक धारणा राख्ने अनि फरक धारणा भएका इरानी शासक भएको परिदृश्य मात्रै अमेरिकाले स्वीकार गर्ने भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण