नसर्ने रोग पहिचान गर्न एकमहिने अभियान
कञ्चनपुर । लालझाडी गाउँपालिकाले नसर्ने रोगको पहिचान तथा समयमै उपचारका लागि एकमहिने विशेष स्वास्थ्य अभियान सञ्चालन गरेको छ ।
‘नागरिकसँग गाउँपालिका अध्यक्ष स्वास्थ्य विशेष कार्यक्रम’ अन्तर्गत सञ्चालन गरिएको यस अभियानमा स्वास्थ्यकर्मीहरूको टोली गाउँपालिकाका विभिन्न बस्तीमा घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गरिरहेको छ । अभियानअन्तर्गत पालिकामा बसोवास गर्ने नागरिकहरूको रक्तचाप, मधुमेह, मिर्गौलासम्बन्धी रोग, मोटोपनलगायत नसर्ने रोगहरूको परीक्षण गरिनुका साथै उचाइ र तौलका आधारमा बीएमआई मापन गर्ने कार्य भइरहेको छ । साथै क्षयरोगका लक्षण देखिएका बिरामीलाई थप परीक्षण तथा उपचारका लागि स्वास्थ्य संस्थामा रेफरल सेवा, मानसिक स्वास्थ्यसम्बन्धी परामर्श सेवा प्रदान गरिँदै आएको स्वास्थ्य शाखाले जनाएको छ ।
लालझाडी गाउँपालिकाका सबै छ वटै वडामा सञ्चालन भइरहेको ‘नसर्ने रोग खोजपड्ताल स्क्रिनिङ अभियान २०८२’ अन्तर्गत विशेषगरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका नागरिकहरूको घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।
गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार नागरिकहरू स्वास्थ्य संस्था पुगेर सेवा लिन कुर्नुभन्दा स्वास्थ्य सेवा नै नागरिकको घरदैलोमा पु¥याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममार्फत गाउँघरमै स्वास्थ्य परीक्षण, परामर्श, औषधि वितरण तथा आवश्यक परे थप उपचारका लागि स्वास्थ्य संस्थामा रिफर गर्ने व्यवस्था गरिएको उनले बताए ।
यस अभियानमार्फत दादुरा, कालाजार, हात्तीपाइले, क्षयरोग, मधुमेह र कुष्ठरोग जस्ता रोगहरूको नियन्त्रण तथा उन्मूलनमा सहयोग पुग्ने उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण