दुई प्रमुख कारणले चुनाव हारेको नेकपाको निष्कर्ष
सारांश
- नेपाली कम्युनिस्ट पार्टीले निर्वाचनको नतिजाको कारण आन्तरिक र बाह्य कारक रहेको निष्कर्ष निकालेको छ।
- पार्टीले सोचेजस्तो नतिजा नआउनुमा आर्थिक रूपान्तरण नहुनु, संगठन समायोजन नहुनु, र वाम शक्ति एक नहुनु जस्ता कारणहरू औंल्याएको छ।
- पार्टीले चुनावी हारका कारणहरूमाथि समीक्षा गर्दै १६५ निर्वाचन क्षेत्रका समितिलाई प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा अस्वाभाविक चुनावी परिणाम आउनुमा आन्तरिक र बाह्य कारण प्रमुख भएको निष्कर्ष निकालेको छ । बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकमा नसोचेको परिणाम आउनुमा आन्तरिक र बाह्य कारणलाई प्रमुख आधार बनाएको हो ।
साबिक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहित २५ घटक मिलेर बनेको नेकपाले चुनावमा निर्णायक शक्ति बन्ने आन्तरिक विश्लेषण थियो । तर प्रत्यक्ष र समानुपातिक गरी जम्मा १७ सिट जितेपछि नेकपाले बैठकमा हारको समीक्षा गरेको हो ।
आन्तरिक कारणमा क्रान्तिपछि आर्थिक सामाजिक रूपान्तरण नहुनु, सङ्गठनात्मक समायोजन नहुनु, विचारधारात्मक काम नहुनु, युवाहरू पार्टीमा आबद्ध नहुनु, वाम शक्ति एकजुट नहुनु, परिवर्तनको महत्त्व बुझाउन नसक्नु, भएको कामको प्रचार नहुनु, सिद्धान्त र व्यवहारमा अन्तर हुनु, अवसरवादी प्रवृत्ति र व्यक्तिवादी कार्यशैली, प्राविधिक जनशक्ति र स्रोत साधनको कमी र विकल्पको रूपमा प्रस्तुत हुन नसक्नु रहेका छन् ।
बाह्य कारणमा पुराना दल विरोधी अभियान, वाम शक्तिमाथि प्रहार, भूराजनीतिक तथा बाह्य शक्ति केन्द्रको चलखेल, डिजिटल सुनामी, लोकप्रियतावादी शक्तिको प्रचार र प्रहार विदेशमा बस्ने नेपालीको भूमिकालाई आधार बनाइएको छ ।
चुनावी परिणाम आएसँगै फागुन २८ गते बसेको निर्वाचन परिचालन समितिको बैठकमा प्रारम्भिक समीक्षा गरेको थियो । चुनावी हारबारे ठोस प्रतिवेदन बुझाउन १६५ निर्वाचन क्षेत्रका समितिलाई निर्देशन दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण