चुनावी पराजय समीक्षा गर्न प्रलोपाले बोलायो केन्द्रीय समिति बैठक
बिहीबार, १९ चैत २०८२, १५ : १८
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)ले आगामी वैशाखको दोस्रो साता केन्द्रीय समिति बैठक बोलाएको छ ।
बुधबार केन्द्रीय कार्यालय तीनकुनेमा बसेको अध्यक्ष परिषद्को बैठकले केन्द्रीय समिति बैठक बोलाएको हो ।
बैठकमा भर्खर सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा, प्रदेशस्तरीय समीक्षा र प्रतिवेदन पेस, कार्की आयोगको प्रतिवेदनबारे छलफल गरेको थियो ।
निर्वाचनमा २५ हजार मत पनि कटाउन नसकेको प्रलोपाका अध्यक्षमण्डलका सदस्यहरू सुदन किराती, दुर्गा सोव र ओजस्वी भट्टराईले राजीनामा दिएका थिए । उनीहरूको राजीनामा आएको अध्यक्ष सन्तोष परियारले जानकारी दिए । राजीनामा सम्बन्धमा आगामी केन्द्रीय समिति बैठकमा छलफल हुने उनले बताए ।
‘उहाँहरूको राजीनामा आएको छ, यसबारे कुनै निर्णय भएको छैन । आगामी केन्द्रीय समिति बैठकमा छलफल हुन्छ,’ परियारले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण