ओली र लेखकलाई थप दुई दिन हिरासतमै राख्न अनुमति
बिहीबार, १९ चैत २०८२, १९ : ०८
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद अवस्थीले दुवै जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएका हुन् ।
ओली र लेखकलाई प्रहरीले चैत १४ मा पक्राउ गरेको थियो ।
यसअघि पहिलोपटक अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । प्रहरीले ओली र लेखकबारे भदौ २३ मा भएको जेनजी आन्दोलनमा दमन गरेको कसुरमा अनुसन्धान गरिरहेको छ । आज म्याद थपको लागि प्रहरीले दुवै जनालाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण